Samriddhipost
२०८३ भदौ १४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ २२ गते मङ्गलबार

विभेद गरिएको भनिएका क्रिकेट खेलाडि सोमपाल सन्दर्भ के हो :

विभेद भएकाे बिषय आएपछि वास्तबिकता के रहेेछ भनी खाज्ने प्रयास गरका छउ ।
अमेरिका स्थित मन्दिर परिसरमा प्रतक्षदर्शि रहेेका  Ramchandra Bhatt आफ्नो फेसबुकमा याे घट्ना बारे यस्ताे लेख्नुहुन्छ ठ्याक्कै २४ घण्टा अघि भएको एउटा सन्दर्भलाई लिएर ‘मन्दिरले कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन आरोप, टिप्पणी उठिरहेका रहेछन् ।

यहाँ टेक्ससमा भरखर बिहानको ७ बज्यो । निद्राबाट उठ्दा नेपालबाट कैयौ कलहरु, मेसेजहरु रहेछन् त्यहि सन्दर्भलाई लिएर । सबैलाई मेसेज लेखेर र कल गरेर सम्भव भएन । म आफैँ घटना र सन्दर्भसँग प्रत्यक्षदर्शी भएकोले केहि वास्तविकता लेख्दैछु ।

१) क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए ।

२) पछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे । उनीहरु पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टिका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो । निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् ।

३) खेलाडीहरु आफैँ खेल जिताईमाग्न मन्दिर गएका होइनन् । नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका हुन् र मन्दिरको दर्शन गरेका हुन् । बिहान ७ बजे स्वागत कार्यक्रम राखिएको थियो ।

४) नत मन्दिर, नत पुजारी कसैले पनि सोमपाललाई विभेद गरेको होइन । वास्तविकता नबुझी कोही पनि भेडा नबनौँ । उनको निधारमा भएको टिका कहाँबाट आयो ? भन्दै प्रश्न गरेका छन। नेपाली टिमको सफलताको कामना गरौँ उनले लेखेक छन। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>