सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जितको खाता खोलेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । योसँगै टोलीले तालिकामा दुई अंक जोड्यो ।
दुवै संस्करणको उपविजेता रहेको यो टोलीले प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सात विकेटको हार व्यहोरेको थियो ।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंहले ५१ रनको अर्धशतकीय इनिङ खेले । जितको लागि निर्णायक बनेका उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।
इशान पाण्डेले ३७ रन जोडे । यी दुईको साझेदारीले पनि सुदूरपश्चिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । ब्रान्डन म्याकमुलेनले २२ रन बनाए । ओपनर सैफ जैबले १६ रन बनाए । पावर प्लेमै ब्रान्डन र अर्का ओपनर विनोद भण्डारी पभेलिएन फर्किएपछि सुदूरपश्चिममाथि दबाव बढेको थियो ।
तर, उनीहरूले ६.३ ओभरदेखि १५.३ ओभरसम्म ७४ रनको अर्धशतकीय साझेदारी गर्दै धरमाराएको मध्यक्रमलाई लय दिएका थिए ।
पोखराको लागि धनन्जय लक्ष्मण, मेहदी हसन र साकिब अल हसनले समान एक विकेट लिए ।
टस हारेर ब्याटिङमा आएको पोखराले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।
पोखराका लागि अर्जुन घर्तीले ४० रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
ओपनर मेहदी हसनले ३२ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए ।
कप्तान कुशल भुर्तेलले २१ रन बनाए । साकिब अल हसनले १४ र धनन्जय लक्ष्मणले ११ रन बनाए ।
सुदूरपश्चिमका लागि अनिल खरेलले तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए ।
हेमन्त धामी, स्टक कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया