Samriddhipost
२०८३ कार्तिक १३ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक १३ गते बिहिबार

शक्तिशाली चक्रवात (अर्नब)का कारण आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । 

 

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । 

 

कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

 

मधेस प्रदेशलगायत कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

 

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा बादल लाग्नेछ । बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ । 

 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

 

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

 

अर्नबका कारण देशभर साधारणतया बादल लागेको छ । पश्चिममध्य बंगालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट हिजो बिहान ८ः१५ बजे जमिनमा प्रवेश गरेको थियो ।

 

जमिनमाथि प्रवेश गरेको ‘अर्नब’ उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर आज बिहान डीप डिफ्रेसनमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

नेपालको वायुमण्डलमा हिजोदेखि ‘अर्नब’को प्रभावले बादल देखिएको छ । आजदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ ।

 

आजदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने यसअघि नै विभागले बताइसकेको छ । 

 

धानबाली भित्र्याउनेलगायत कृषि कार्य शनिबारसम्म नगर्न महाशाखाले आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन भनेको छ । पर्यटकहरू उच्च हिमाली भूभागमा नजान, गएको भए पनि यस अवधिमा सुरक्षित ठाँउमा रहन विभागले आग्रह गरेको छ ।

 

यसबाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>