Samriddhipost
२०८३ कार्तिक १३ गते बिहिबार
ट्रेन्डिङ
२०८३ कार्तिक १३ गते बिहिबार

१०० दिनमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा के के भयो प्रगति ?
फाइल साङ्केतिक तस्बिर

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्तिपछिको १०० दिनमा भएको प्रगति विवरण सार्वजनिक गरिएको छ।

 

विश्वविद्यालयको उपकूलपतिमा डा सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा भीमबहादुर चन्द नियुक्त भएको एक सय दिन पुगेको अवसरमा बुधवार प्रगति विवरण सार्वजनिक गरिएको हो। यस अवधिमा संस्थागत विकास, शैक्षिक कार्यक्रम स्वीकृति, शिक्षण अस्पतालको सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको सार्वजनिक विवरणमा उल्लेख छ।

 

उपकूलपति डा जोशीले नेपाल सरकारको निर्णयपछि विभिन्न चुनौतीका बाबजुत विश्वविद्यालयले नीतिगत, प्रशासनिक, शैक्षिक तथा चिकित्सकीय क्षेत्रमा योजनाबद्ध रूपका कार्य अगाडि बढाइएको बताए। उनले सुदूरपश्चिम प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय, सर्वसुलभ तथा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्यअनुसार आफूहरू कटिबद्ध भएर लागिरहेको बताए। 

 

विश्वविद्यालयमा चार शैक्षिक कार्यक्रम सञ्चालनका लागि ९० सिट स्वीकृति, शिक्षण अस्पतालमा ६२२ शय्या व्यवस्थापन तथा छात्रवृत्तिका लागि रु सात करोड ३९ लाख ३९ हजार स्रोत सुनिश्चिततासहित संस्थागत र शैक्षिक विकासका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको विश्वविद्यालयले जनाएको छ।

 

प्रगति विवरणअनुसार चिकित्सा शिक्षा आयोगबाट एमबिबिएसका लागि ५०, बिएस्सी नर्सिङमा २०, बिएस्सी एमएलटीमा १० र र ब्याचलर अफ अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि १० गरी कुल ९० सिट स्वीकृत भएका छन्। चिकित्सा शिक्षामा आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीको पहुँच सुनिश्चित गर्न स्वीकृत शैक्षिक कार्यक्रमका लागि ७५ प्रतिशत छात्रवृत्ति व्यवस्थापन गर्ने उद्देश्यले रु सात करोड ३९ लाख ३९ हजार स्रोत सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ।

 

विश्वविद्यालयले चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको राष्ट्रिय र अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित संस्थागत संरचना, नीतिगत आधार, शैक्षिक कार्यक्रम, अस्पताल सेवा र जनशक्ति व्यवस्थापनमा काम अघि बढाएको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>