Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ २७ गते आइतबार

सुदुरपश्चिम सरकार बिस्तार हुने, माओवादि बाट भाट र रावल मन्त्री  बन्ने

सुदुरपश्चिम सरकार बिस्तार हुने भएकाे छ । मुख्यमन्त्रीले बिस्वासकाे मत लिएकाे एक महिना पछाडि सुदूरपश्चिममा सरकार विस्तार हुने संकेत देखिएको छ । सुदूरपश्चिम सरकार विस्तारबारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीबीच भेटवार्ता भएपछि सरकार विस्तार हुने संकेत देखिएको हो ।
माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम आजै बुझाउने तयारी गरेपनि एमालेमा भने सरकारमा जाने वा नजाने भन्नेमा अन्यौल कायम रहेको नेताहरु बताउँछन् । नेकपा एकिकृत समाजवादिबाट मुख्यमन्त्रीबाहेक नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् । माओवादी केन्द्रका सभामुख बाहेक सुदूरपश्चिममा १० जना सांसद छन् । वालुवाटार स्रोतका अनुसार सुदूरपश्चिम सरकारमा माओवादीबाट ओमविक्रम भाट र अक्कल रावल मन्त्री बन्नेछन् ।
भाट कञ्चनपुर र रावल अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । स्रोतका अनुसार माओवादीले पाउने सामाजिक विकास मन्त्रालयमा भाट र वन,पर्यटन र उद्योग मन्त्रालयमा रावललाई पठाउने तयारी छ । माओवादीले आजै मुख्यमन्त्रीलाई मन्त्रीको नाम पठाउने तयारी भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । माओवादीले अर्थ मन्त्रालयमा दाबी गरेपनि एमालेले समेत अर्थमै दाबी गरेपछि माओवादी पछि हटेको बताइएको छ

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>