Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार ०६ गते बिहिबार

दोधारा चाँदनीमा सशस्त्र प्रहरी हेर्‍या हेर्‍यै ! झण्डै ६ लाख बराबरको अबैध समान प्रहरीद्धारा बरामद

कञ्चनपुरको दोधारा चाँदनीमा वेवारिसे अवस्थामा रहेको अबैध समान प्रहरीले बरामद गरेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजबाट अबैधरुपमा नेपाल भित्र्याउन लागेको अवस्थामा हातमा लगाउने दस्ताना र कम्मरमा लगाउने बेल्ट (पेटी) वेवारिसे अवस्थामा बरामद गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् । 
भारतबाट नेपाल भित्र्याउदै गरेको उक्त अबैध समानको मुल्य झण्डै ५ लाख ६८ हजार ८ सय रुपिँया अनुमान गरिएको छ् । आज बिहान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीको कमाण्डमा गएको गस्ती टोलीले नेपाल–भारत सिमा क्षेत्रमा रहेको कञ्चनभोज बस्तीबाट नेपाल भित्र्याउन लागेको अवस्थामा हातमा लगाउने दस्ताना र कम्मरमा लगाउने बेल्ट (पेटी) वेवारिसे अवस्थामा बरामद गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताउनुभएको छ् । 
बरामद समानलाई आजै भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताउनुभएको छ् । प्रहरीको गस्ती टोली देख्ना साथ तस्करहरु समान छाडेर भागेको बताईएको छ् । बरामद समानको अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ् । यस अघि दोधारा चाँदनी नगरपालिका– ९  हुरदैया टोलबाट वेवारिसे अवस्थामा रु. ६ लाख ३९ हजार ५ सय ५० रुपिँया बराबरको बिल, बिबरण नभएको मोटरसाईकलका पाटपुर्जाहरु बरामद गरेको थियो । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>