Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०९ गते आइतबार

लालझाडिकाे १६ औ गाउँ अधिवेशन, ५१ कराेड बढिकाे वजेट सार्वजनिक

कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि रु. ५१ करोड ८३ लाख ७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा अधिवेशनमा अध्यक्ष रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो । गाउँ सभा अधिवेशनलाई विशेष सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री वीर बहादुर थापाले प्रदेश सरकारबाट लालझाडी गाउँपालिकाका लागि विनियोजित बजेट पर्याप्त नभए पनि आगामी दिनमा बजेटका लागि पहल गर्ने बताउँदै बजेट आउनु भन्दा केही दिन अगाडि मात्रै मन्त्री नियुक्त भएकोले अहिलेको बजेटमा धेरै योजनाहरू समावेश गर्न नसकिएको बताउनु भयो
“सन्तुलित विकास एवम् दिगो पूर्वाधार; समृद्ध लालझाडीको आधार” भन्ने मूल अभिप्रायका साथ लालझाडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ । त्यस्तै गाउँपालिकाले वडा नम्बर १ लाई ४५ लाख, वडा नम्बर २ लाई ४० लाख, वडा नम्बर ३ लाई ४१ लाख, वडा नम्बर ४ लाई ५० लाख, वडा नम्बर ५ लाई ३६ लाख र वडा नम्बर ६ लाई ३६ लाखसम्मको रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर सभाले आइतबार नै उक्त नीति तथा कार्यक्रम र बजेट पारित गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो 
प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री वीर बहादुर थापा र गाउँपालिकाका अध्यक्ष निर्मल रानाले संयुक्त रूपमा १६ औँ गाउँ सभाबाट पालिकाको लोगो सार्वजनिक गर्नु भएको छ । सेवा निवृत्त २ जनालाई महिला स्वयंसेविकाहरूलाई नगद रु ५१ हजार सहित बिदाइ र स्वैच्छिक अवकाश लिनुभएका २ जना महिला स्वयंसेविकाहरूलाई कदर पत्र प्रदान गरिएको छ । पालिकाका भित्र रहेका ३ वटा स्वास्थ्य चौकीका प्रमुख र ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत प्रमुखलाई समेत सम्मान गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो । अधिवेशनमा केही स्थानीय ऐन संशोधन विधेयक र शिक्षा, जलश्रोत, पशुपक्षी सम्बन्धी लगायतका विधेयकहरू प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>