Samriddhipost
२०८३ भदौ २६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १६ गते आइतबार

महेन्द्रनगरमा बिषादि हालेर पकाएका ५७ कुन्टल बढि आँप नष्ट

कञ्चनपुर महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भईरहेका छन ।

भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भईरहेका हुन ।

भारतीय बजारबाट उच्च हानिकारक रसायन राखेर पकाएका आँप अहिले जतातजै ठेलादेखि फुट सेन्टरमा बिक्रि वितरण भईरहेको छ ।

महेन्द्रनगर बजारमा प्रतिबन्धित आँप बिक्रि वितरण हुन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठुलो परिमाणका आँप बरामद गरेको छ ।

खाद्य अनुसन्धान अधिकृत हरिसिह बोहराले पंकज कुमार गुप्ताले संचालन गरेको बालाजी फुट सेन्टरबाट ५७ क्विन्ट र ८० किलो आँप बरामद गरिएको बताए । उनका अनुसार २० किलोका २८९ क्रेट आँप बरामद गरेर आइतबार नष्ट गरिएको छ ।

खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन कार्बर्डड राखेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको छ । जफत गरिएको आँप टिप्परमा लगेर जेसिभीले हाडल खनेर नष्ट गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका सहितका सरोकारवाला निकायबाट बजारमा आँपको अनुगमन गरेर अखाद्य आँप बरामद गरेर नष्ट गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले रसायन नहालेरै पकाएका आँप मात्रै बिक्रि वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ ।

प्रतिबन्धित रसायन राखेर बनाएका आँप महेन्द्रनगरमा मात्रै नभई जिल्लाभरी बिक्रि वितरण भईरहेकाले सबै ठाँउमा अनुगमन गरेर नष्ट गर्न उपभोक्ताले आग्रह गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>