Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १७ गते सोमबार

बैतडीमा शिक्षकले विद्यार्थी बलात्कार गरेपछि तिरे पन्ध्र लाख, खातामा पैसा नहुदा धट्ना बाहिरियाे, शिक्षक फरार

बैतडीकाे पाटनमा १३ वर्षीया नाबालिकामाथि करणी भएको छ। बैतडीमा शिक्षकले नाबालिकामाथि जबरजस्तीकरणी गरेको घटनामा पीडितका परिवारले १५ लाखमा मिलापत्र गराएको तर पैँसा नपाएपछि प्रहरीमा किटानी जाहेरी दिएको घटना सार्वजनिक भएको हो।
पाटन नगरपालिकाको एक विद्यालयकी १३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरुले गत चैतको १२ गते राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए। त्यसपछि शिक्षक नाबालिकाका परिवारलाई १५ लाख दिन तयार भएपछि कहीकतै उजुरी नगर्ने सहमती भएको खुलेको छ।


शिक्षक र नाबालिकाका परिवारबीच उमेर २० वर्ष पुगेपछि विवाह गर्ने, त्यो बेलासम्म पालन पोषण गर्ने र तत्काल घरपरिवारलाई १५ लाख रुपैयाँ दिने सहमती भएको थियो। उक्त रकमकालाई सुरक्षित आवास गृह पाटनमा लगिएको थियो। त्यसपछि शिक्षकविरुद्ध जबरजस्तीकरणी मुद्धा दर्ता भएपछि उनी फरार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षकले भने १५ लाख बराबरको चेक काटेर पनेरुले नाबालिकाका बाजेलाई दिएका थिए तर उनले खातामा रकम जम्मा गर्न सकेनन्। पैँसा प्राप्त नभएपछि महिला अधिकारकर्मीको सहयोगमा शिक्षक पनेरुविरुद्ध किटानी दर्ता भएको बताउँदै उनको खोजी भइरहेको जानकारी दिए। घटना भएको ढिलोगरि उजुरी आएका कारण केही समस्या भएपनि कानुनी कारवाहीको दायरामा ल्याइने बताए। तीन महिनादेखि उनी बैतडी प्रहरीको फरार सूचिमा छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>