नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर–६ प्लेगास्थित घाँगी भिरबाट निरन्तर बारुदकोजस्तो गन्ध आउने धुवाँ निस्किइरहेको छ । प्लेगा गाउँबाट करिब पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किइरहेको छ ।
लामो समयदेखि यसरी धुवाँ निस्कन थालेपछि स्थानीय त्रसित भएका छन् भने यो विषय संसददेखि सरकारसम्म पुगेको छ । जिल्ला प्रहरी कार्यालयले पनि त्यसको अनुगमन गरिसकेको छ ।
प्रहरी टोलीले लामो समयदेखि धुवाँ निस्किरहेको र त्यसको गन्ध बारुदकोजस्तो भएको निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
‘‘हामीले निरीक्षण गर्यौँ, जमिन भित्रबाट बारुदकोजस्तो गन्ध आउने धुवाँ लगातार आइरहेको छ,’’ प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, ‘‘त्यसको कारण के हो भन्ने हामीलाई पनि थाहा भएन, यो हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो ।’’
हुप्सेकोट ६ का वडाध्यक्ष छमबहादुर सोमै मगरले १५ वर्षअघि पनि यस्तै धुवाँ आउने गरेको र एक डेढ वर्षपछि आफैँ हराएको बताउनुभयो । तर अहिले पुनः त्यस्तै समस्या देखिएको उहाँको भनाइ छ । जंगलको बिचमा सानो पहिरो झरेको भए पनि ठुलो पहिरो नगएको मगरले बताउनुभयो ।
पहिरो गएको स्थानबाट करिब एक किलोमिटर उत्तरतर्फ प्लेगामा ३५ घरधुरी रहेको मानव बस्ती छ । गन्ध आउने क्रम नरोकिएपछि जमिनमुनी ग्यास रहेको हुन सक्ने भएकाले विष्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।
‘‘यहाँको यो समस्याका बारेमा हामीलाई पनि पटक–पटक जानकारी गराइएको थियो तर जाडोमा कुहिरो र हिउँदमा डढेलो लागेको हुन सक्ने भन्दै चुप लागेर बस्यौं, पछिल्लो पटकको अनुगमनले त्यो होइन रहेछ भन्ने पुष्टि भयो,’’ अध्यक्ष पाण्डेले भन्नुभयो ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया