Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ०२ गते बिहिबार

काठमाण्डाै - हिजो अस्ति बिहानै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पारिलो घाम लागेको थियो । तर, आज भने मौसम धुम्मिएको छ ।                अहिले उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाे छ । मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने तत्काललाई नभएको मौसम बिभागले जनाएकाे छ ।                             आज काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । हिजो बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको छ । गएराति आकाश नखुलेकाले न्यूनतम तापक्रम बढेको हो ।रातको समयमा बादल लागे न्यूनतम तापक्रम बढ्छ । न्यूनतम तापक्रम बढे पनि आज अधिकतम तापक्रम भने घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् बासीका अनुसार काठमाण्डौको आजको अधिकतम तापक्रम २५ देखि २६ डिग्री सेल्सियसमा झर्ने सम्भावना छ ।                                                                 आज पारिलो घाम लाग्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम घट्ने भएको हो । हिजो अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । आज काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।यो प्रणालीको प्रभावकै कारण प्रदेश-१ र २ को मौसम भोलि भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा मौसमको अवस्था बुझेर मात्रै जान पनि पर्वतारोहीलाई मौसमविद्को सुझाव छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>