Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ साउन ०८ गते मङ्गलबार

बाढीले दोधारा चाँदनीका किसानहरुले लगाएको अन्नवालीमा ठुलो क्षती

बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा करिब २ सय ६६ दशमलव २६ हेक्टरमा लगाईएको अन्नबाली नष्ट गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयको तथ्यांकमा करिब २ सय ६६ दशमलव २६ हेक्टरमा किसानहरुले लगाएको अन्नबाली नष्ट भएको उल्लेख छ् । दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले नगर क्षेत्रमा किसानहरुले लगाएको धान, मकै, दलहन वाली, उखु खेती, तरकारी खेतीमा ठुलो क्षती बनाएको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयका शाखा प्रमुख रघुनाथ भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा किसानहरुले लगाएको ३६ सय हेक्टर जग्गामा धान, मकै, दलहन वाली, उखु खेती, तरकारी खेती रहेको र त्यस मध्ये बाढीले करिब २ सय ६६ दशमलव २६ हेक्टर जग्गाको अन्नवाली नष्ट गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखा कार्यालयका शाखा प्रमुख रघुनाथ भट्टले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले सहयोगको लागी सबै ठाँउमा आह्वान गरेको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३, ६, ७, ८, ९ र १० वडाहरुमा बाढीले धेरै क्षति गरेको पूर्ण विवरण नगरपालिका कार्यालय विपद् शाखा कार्यालयको तथ्यांकमा समाहित भईसकेको छ् ।  किसानले घरमा भण्डारण गरेको खाद्यान्य र बीउ समेत बाढीले बगाएपछि बिचल्ली भएको छ् । यसपालि समयमा बीउ उपलब्ध हुन नसके हिउदे बालीलाई ठूलो समस्या हुने किसाानहरुले बताएका छन् । यसका लागि समयमै सरकारले पिडित किसानलाई बिशेष राहत दिनुपर्ने उनीहरुको भनाई रहेको छ् । बाढीबाट पीडित किसान यस वर्ष उत्पादनमा ठूलो हस आउनेमा चिन्तित छन् । सबैभन्दा बढी क्षति भएको वडाहरुमा वैकल्पिक खेतीका लागि योजना बनाउनु पर्ने जानकारहरुको भनाई रहेको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>