Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर ०२ गते बिहिबार

दोधाराको ओंमकार आधारभुत बिद्यालयका बिद्यार्थी चिसो भुईमा बसेर पढ्न बाध्य !

दोधारा । जाडोमा दोधारा चाँदनी नगरपालिकाका विद्यार्थी चिसो भुईमै बसेर पढ्न बाध्य भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित ओंमकार आधाभुत बिद्यालयमा बाढीले बिद्यार्थी बस्ने पि–फम, फर्निचर बाढीले क्षती गरेपछि बिद्यार्थीहरु चिसो भुईमा बस्न बाध्य भएका हुन् । ओंमकार आधाभुत बिद्यालयमा ३ सय ५६ जना बिद्यार्थीहरु पठन पाठन गर्दै आएका छन् । झण्डै एक महिना आएको बिनासकारी बाढीको कारण कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल लगाएत बस्तीमा ठुलो धनजनको क्षती पुऱ्याएको हो । माहाकली नदी र जगबुडा नदीको पानी बिद्यालयमा झण्डै ६ फिट उचाईमा आएपछि नदीले बिद्यालयको कम्प्युटर, फर्निचर, पुस्तक लगाएत बिद्यालयको आवश्यक सामग्रीमा क्षती पुऱ्याएको थियो । २ वटा बालकक्षा, कक्षा १ देखि कक्षा ४ सम्मका झण्डै १ सय २५ जना बिद्याथीहरु भुईमा बसेर पढाउन बाध्य भएका ओंमकार आधाभुत बिद्यालयका प्रधानध्यापक टंकलाल जोशीले बताएका छन् । बाढीको कारण कम्प्युटर, फर्निचर, पि–फम लगाएत समान बाढीले क्षती गरेपछि बिद्यार्थीहरु चिसो भुईमा बसेर पढ्न बाध्य भएको ओंमकार आधाभुत बिद्यालयका प्रधानध्यापक टंकलाल जोशीले बताए । बिद्यालयमा पठ्नपाठन गर्ने आउने केही बिद्यार्थीहरुले बोरामा पराल हालेर बस्न बनाएर ल्याउने गरेको बिद्यालयले जनाएको छ् । कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल लगाएत बस्ती ओंमकार आधाभुत बिद्यालयको सेवा क्षेत्र हो । बाढीको कारण बिद्यार्थीहरुको घरमा समेत बाढीले घर भत्काउनुको साथै घरमा भएका सबै थोक बगाएर लगेपछि कयौं बिद्यार्थीहरुको बोरामा नभएको ओंमकार आधाभुत बिद्यालयका एक अभिभावक मोहन सुनारले बताए । ‘बाढीले घर पनि चिसै छ्, बिद्यालयमा आएर पनि बालबालिकाहरु चिसैमा बस्ने भएको हुदा बिरामी पर्ने सम्भावना बढी छ्’ ओंमकार आधाभुत बिद्यालयका अभिभावक मोहन सुनारले भने । आवश्यक फर्निचर तथा पि–फामको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुईमा बसेर अध्ययन गर्नुपर्दा आफूहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिकाको बताएका छन् । आर्थिक अभाव, स्थानिय सरकारको बेवास्ता तथा विद्यालय व्यवस्थापन समितिको आर्थिक कठिनाईकै कारण ओंमकार आधाभुत बिद्यालयका बालबालिका चिसोमै भुईमै बसेर अध्ययन गर्न बाध्य बन्दै आएको छ् । बाढीले बिद्यालयमा रहेको फर्निचर, पि–फाम लगाएत सामग्रीमा क्षती बनाएपछि बिद्यार्थी आफू बस्नका लागि बोरा तथा बोरामा पराल हालेर बनाएको बिच्छ्याउनी बिहान ल्याउने र साँझ घरमा लग्ने गरेका छन् । ओंमकार आधाभुत बिद्यालयको सेवा क्षेत्र रहेको बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोल, अठार नम्वर पिल्लर बस्तीमा एक महिना अघि बाढी आउदा बिद्यार्थीहरुको कापी, किताब, पोशाक लगाएत शैक्षिक सामग्री समेत नष्ट गर्दा बिद्यार्थीहरु खालै हात बिद्यालय आउने गरेको बिद्यालय प्रशासनले जनाएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>