Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन २६ गते शनिबार

कट्टु भित्र लुकाएर लागुऔषध नेपाल भित्र्याउदै गरेका कंचनपुरका २ युवा पक्राउ

सुदूरपश्चिम प्रदेश कैलाली–कञ्चनपुरमा लागु औषध दुव्र्यशनी भयाभह बनिरहेका बेला तस्कर समुहले लागु औषध तस्करी गर्ने नयाँ तरिका अपनाएका छन । कञ्चनपुरका दुई युवकले भारतबाट लागु औषध नेपाल भित्राउने नयाँ तरीका अपनाएका हुन । उनीहरुले कट्टु भित्र लुकाएर भारतबाट नेपालमा लागु औषध तस्करी गर्ने अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको ईप्रका गड्डाचौकीको टोलीले अण्डर कट्टुमा लुकाएर लागु औषध भित्र्राउन लागेको अवस्थामा पक्राउ गरेको छ ।शनिबार साँझ कञ्चनपुरको पश्चिम सीमा नाका भीमदत्त नगरपालिका ११ गड्डाचौकी क्षेत्रबाट दुई युवकलाई पक्राउ गरेको हो । लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगर प्रअ पदम सिह विष्टले भारतबाट नेपाल आईरहेका भीमदत्त नगरपालिका ७ हल्दुखालाका १८ बर्षिया किशोर सुरेश ठकुराठी र भीमदत्त नगरपालिका ३ तिलकपुरका २० बर्षिया जितेन्द्र बोहरा पक्राउ परेका हुन ।
उनीहरुको साथबाट ९सय ३०ग्राम खैरो हिरोईन बरामद गरिएको छ । ठगुराठीले लगाएको अण्डर कट्टुबाट दुई पुडिया कालो प्लाष्टिकमा लागु औषध भेटिएको थियो । लागु औषध नियन्त्रण ब्यूरो महेन्द्रनगरका इन्चार्ज केशव जोशीको कमाण्डिङ्गमा लागु औषध सहित दुई व्यक्ति पक्राउ गरिएका थिए । उनीहरुलाई जिप्रका बुझाईएको छ । उनीहरु मार्फत कुनै ठुला तस्कर समुहले मगाएको हो वा प्रयोगका लागि भन्दै कञ्चनपुर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>