Samriddhipost
२०८२ असार २२ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन ३० गते बुधबार

आचार्य कृष्ण दमाई बाट पुराण लगाउने थापाकाे घाेषणा

सामाजिक अभियन्ता तथा समाजसेवी हेम थापाले आचार्य कृष्ण दमाईको उपस्थितिमा पुराण लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस मार्फत नेपाल फर्केको समय बुवा, आमा र भाउजूको नाममा पुराण लगाउने जनाएका छन् ।
उनले आइतबार स्ट्याटसमा लेखेका छन्, ‘नेपाल गएको बेला बुबा, आमा र भाउजूको नाममा पुराण लाउने सुरमा छु । त्यो पुराणको ब्यासमा मिलेसम्म महाराज कृष्ण दमाईलाई राख्ने छु ।’
तेह्रथुम मेन्छेम्मा गाउँपालिका छिकिदिम घर भएका हेम थापा १९ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । तर, उनले हेम थापाले हेम एन्ड माया फाउन्डेसन नाम संस्था स्थापना गरेर नेपालमा सेवा गर्दै आएका छन् । उनले आफ्नो संस्था मार्फत लाखौँ अपाङ्ग, रोगी, वृद्ध वृद्धा, बेसहारा लगायतलाई आर्थिक तथा भौतिक सहयोग गरिसकेका छन् ।
थापाले फेसबुक लाइभमा आएर कृष्ण दमाईले पशुपतिमा गरेको प्रवचनले आफूलाई हर्ष विभोर बनाएको बताए । उनले आफू पुरतनवादी जातपातको विरुद्धमा रहेको भन्दै त्यसलाई चिर्न कृष्ण दमाईलाई बोलाएर पुराण लगाउने इच्छा जागेको बताए ।
‘समय उपलब्ध हुन सकेमा पुराणको ड्यालसमा महा गुरु कृष्ण दमाईलाई राख्ने छु । उहाँ मार्फत पुराण लगाउने सोचेको छु ।’ थापाले भने, ‘उहाँलाई सम्मान छ । हामी जातभातमा नलागौँ । हाम्रो जात महिला र पुरुष हो । जसले जातभातको कुरा गर्छ त्यो विखण्डनकारी र देशद्रोही हो ।’ उनले विकसित देशमा रङ्गको आधारमा विभेद भएपनि जातको आधारमा विभेद नहुने गरेको बताए । थापाले नेपाली एउटै फूलबारीका साझा फुल भएकाले मिलेर बस्नुपर्नेमा जोड दिए ।
‘जातपातका आधारमा विभेद सिर्जना गरिदिने विदेशीको षड्यन्त्र हो । यो विभेद रहयो भने नेपाल विखण्डन हुन्छ ।’ थापाले थपे, ‘कानुन कुल्चनेलाई कानुनी निकायले सजाय दिन्छ । कानुन हातमा लिएर अराजक शैलीमा कसैलाई कुटपिटमा उत्रनेहरूको घोर निन्दा गर्दछु ।’
उनले राम्रो कुराको सुरुवात र परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताएका छन् । थापाले करिब २५ वर्ष अगाडि दलित समुदायको घरमा मासु भात खाएर परिवर्तनको सुरुवात गरेको बताए । उनले सार्वजनिक भोजमा दलित समुदायका व्यक्तिलाई पनि भान्सेका रूपमा सामेल गराउनुपर्नेमा सङ्घर्ष गर्दै आएको दाबी गरे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>