हिन्दु वैदिक परम्परा अनुसार भाद्र कृष्ण औँसीलाई कुशे औँसी र बुवाको मुख हेर्ने दिन भनिन्छ । यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो । नयाँ कुश नभएसम्म कुश प्रयोगमा आउने सबै कर्महरू प्रारम्भ गरिँदैन । यस दिन काटिएको वा उखेलिएको कुशको मान्यता १ वर्ष सम्म रहन्छ । कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र टुप्पामा शिवजीको वास हुन्छ भन्ने विश्वास छ । कुशको अभावमा यसको विकल्पको रूपमा काँस, दुबो, जौ, सिरु, सुन, चाँदी, तामा पनि प्रयोगमा ल्याउने प्रचलन छ । लगनशील, तिष्ण, मेधावी विद्यार्थीको बुद्धिलाई कुशसँग तुलना गरी कुशाग्र बुद्धि भएको उपमा दिइन्छ ।
कुशले सारतत्व फेला पार्ने क्षमता राखेको छ भन्ने बुझिन्छ ।हाम्रो संस्कृतिमा कुशको प्रयोग विभिन्न काममा गरिन्छ । कुश सत् गुणको प्रतीक पनि मानिन्छ । यसको धारणबाट सत् गुणको वृद्धि हुन्छ भन्ने विश्वास छ । कुशको औँठी लगाई कुश मिसिएको गुन्द्रीमा बसी जप तप आदि अनुष्ठान कार्यमा सरिक हुँदा ऊर्जा शक्ति घनिभूत भई अनुष्ठान कर्ताको वरिपरि नै रहने हुँदा ऊर्जाशील व्यक्तित्व निर्माणमा सहयोग पु¥याउँछ भन्ने मान्यता छ ।
कुशको उत्पत्ति
स्वस्थानी, श्रीमद्भागवत महापुराण, विष्णु पुराण आदिमा जालन्धरको पत्नी वृन्दाले भगवान् विष्णुलाई दिएको चार श्रापमध्ये घाँस हुनुपरोस् भन्ने श्राप पनि एक थियो । वृन्दाकै श्रापअनुसार भगवान् विष्णु घाँसको रूपमा कुश भएको मानिन्छ । त्यसैले कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यस्तै दानव र असुर मिलेर गरेको समुन्द्र मन्थनका क्रममा कुशको उत्पत्ति भएको पनि विश्वास गरिन्छ ।
सृष्टिको सुरुवातमै कुशको पनि उत्पत्ति भएको हो भन्ने अर्को मान्यता पनि छ । कुशमा ब्रह्मा, विष्णु र महेश्वरको बास रहेको हुन्छ भन्ने धार्मिक विश्वास पनि छ । कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र सबैभन्दा माथि शिवजीको बास रहेको मानिन्छ । त्यसैले पनि कुशलाई उखेल्दा जरासहितै उखेल्नु राम्रो मानिन्छ ।
पितृदेवो भवः अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मन पर्ने विभिन्न खानेकुरा, लत्ताकपडा आदिका साथ सम्मान गरिन्छ ।औँसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।
उत्तर गयाका रूपमा परिचित गोकर्णेश्वर महादेवस्थानमा श्राद्ध गरी पिण्ड दान गर्नाले त्यसले मातृ कुल, पितृ कुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ । गोकर्णमा श्राद्ध गर्नु भारत काशीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् । चन्द्रमती, सूर्यमती र बाग्मतीको सङ्गम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्ड दान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् ।
पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मान सम्मान र मृतात्माको मङ्गल कामना गर्दै धुन्धुकारिजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औँसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिधा दान पनि गर्ने चलन रहिआएको छ ।
हिन्दु धर्म परम्परामा जल दान र अन्न दानको विशेष महत्त्व हुन्छ । पितृ औँसी तथा गोकर्ण औँसीका नामले समेत चिनिने यस दिन आफूलाई जन्म दिई लालन पालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया