Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ ३१ गते सोमबार

सुदुरपश्चिम सरकारले दाेस्राे पटक सभामा प्रस्तुत गरेकाे बजेट यस्ताे छ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार विनियोजन गरिएको जानकारी दिए । त्यस्तै चालु १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार वनियोजित गरिएको घोषणा गरे । त्यस्तै वित्तीय व्यवस्थातर्फ रु. १ करोड हुने गरी विनियोजन भएको छ ।

 

प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु. एक अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्व ७२ करोड रहेको छ ।

 

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु. ६ अर्व १५ करोड ८३ लाख, ससर्त अनुदानबाट प्राप्त हुने रु. ३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. १ अर्व ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री थापाले घोषणा गरेका छन् ।

 

यसअघि असार १ गते चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपी सत्तागठबन्धन फेरबदलसँगै यो बजेट सभाबाट पारित हुन सकेको थिएन् । सोमबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले बैठक बहिष्कार गर्दासमेत सभामुख भीमबहादुर भण्डारीले सभाको कारबाही अघि बढाएका थिए ।

 

यस्ता छन कार्यक्रम

बजेटमा भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा धेरै १४ अर्ब ६९ करोड ७८, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा २ अर्ब ९१ करोड ६८ लाख, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रतर्फ १ अर्ब ८९ करोड ८० लाख, शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रतर्फ ६ अर्ब ९५ करोड ९१ लाख बजेट विनियोजन गरेको छ । बजेटमा कृषिमा विभिन्न अनुदानका कार्यक्रम राखिएको जनाइएको छ । सरकारले व्यावसायिक तरकारी र फलफूल बगैंचा स्थापना गर्न २३ करोड ६९ लाख बजेट विनियोजन गरेको छ । यस्तै सरकारले १० करोड २३ लाख बजेट विभिन्न कृषि अनुदान कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

 

यस्तै आर्थिक मामिला मन्त्री थापाले कृषि सिँचाइका लागि ८ करोड १७ लाख, कृषि मलका लागि २ करोड ५० लाख, पढ्दै कमाउँदै कार्यक्रमका लागि ६० लाख बजेट विनियोजन गरिएको छ । सरकारले बिउ उत्पादनका लागि ५ करोड ४० लाख, पोषण कार्यक्रमका लागि ५ करोड र कृषकको तथ्याङ्क राख्न ९४ लाख बजेट विनियोजन गरेको बजेट व्यक्तव्यमा उल्लेख गरेको छ । सडक सञ्जालसँग नजोडिएका बझाङको शैपाल, बैतडीको सिगास, दार्चुलाको अपि हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ ।

 

खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा विशेष काम गरिने तथा ऊर्जा, सिँचाइ र नदी नियन्त्रणका लागि बजेट विनियोजन गरिएको छ । पर्यटनतर्फ स्व. प्रेमसिंह धामी पर्यटन प्रवर्द्धन सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण पर्यटन, होमस्टे सञ्चालन तथा विभिन्न सांस्कृतिक संरक्षणका लागि बजेट विनियोजन गरिएको छ । बौद्धिक अपाङ्गता भएको बालबालिकाको लागि शिविर सञ्चालन गरिने छ । पहलमानसिंह स्वाँर साहित्य तथा साहित्यिक सम्मेलन आयोजना गरिने बजेटमा उल्लेख छ । अपराध न्यूनीकरण गर्न सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्र रहेको सीमा क्षेत्रमा अभिलेखीकरण गर्नुका साथै प्रविधि जडान गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>