Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर ०२ गते बिहिबार

कर्मचारी सञ्चयकोषले जग्गा खरिदका लागि सञ्चयकर्तालाई सापटी दिने

सुदूरपश्चिम, २ मंसिर । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ ।                                              ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताए । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिने गरेकोमा अव जग्गा किन्नलाई समेत रु ५० लाख सम्म सापटी दिने छ ।यस्तै कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलब बराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ । ब्याज दर सात दशमलब ९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्ने छ ।                                हाललाई देशका मुख्य सहरी क्षेत्रमा यो सापटी लागू गर्न लागिएको जनाइएको छ । कोषको धनगढी शाखाको कार्यक्षेत्र अन्तर्गत कैलाली र कञ्चनपुरका बजार क्षेत्रमा सापटी प्रवाह गरिने धनगढी शाखाका प्रमुख केसीले जानकारी दिए ।उनले भने, ‘‘सञ्चयकर्ताको मागको आधारमा तोकिएको मापदण्ड पूरा भएका अन्य क्षेत्रमा समेत क्रमशः सापटी विस्तार गर्ने योजना छ ।’’ कोषले जग्गा खरिदको लागि सापटी प्रदान गर्ने योजना गत भदौ ३१ मा सार्वजनिक गरेपनि कार्यविधि स्वीकृत नभएकोले कार्यान्वयनमा आउन सकेको थिएन । कोषले सञ्चयकर्तालाई घर निर्माण तथा घर खरिद घर मर्मत सापटी, शैक्षिक सापटी, विशेष सापटी, सरलकर्जा लगायतका सापटी समेत उपलव्ध गराउँदै आएको छ ।यस्तै सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत काजकिरिया खर्च, औषधि उपचार शोधभर्ना, दुर्घटना क्षतिपूर्ति, प्रसूति खर्चलगायतका शीर्षकमा सञ्चयकर्तालाई सुविधा प्रदान गरिरहेको छ ।      कोषमा आवद्ध सञ्चयकर्ताबाट सङ्कलन भएको स्रोतलाई उनीहरुकै हितमा परिचालन गर्ने उद्देश्यले यी सुविधा प्रदान गरिएको केसीले बताए । कोषमा करिब ६ लाख सञ्चयकर्ता आवद्ध छन् । रासस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>