Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ असोज ०२ गते बुधबार

बहुमत निकट युवा संगठनले सुपका सबै जिल्लामा ज्ञापनपत्र बुझाउदै ।

नेपाल कम्युनिस्ट पार्टी बहुमत को साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपाल ले जिल्ला प्रशासन कार्यालयहरु मा ज्ञापनपत्र बुझाउन लागेको हो । चाडपर्व नजिकै गर्दा जनताहरुले सास्ती खेप्नु परेका कारण संगठन ले ज्ञापनपत्र बुझाएको कुरा संगठन का प्रदेश संयोजक जीवन थापाले बताएका छन ,कैलाली,बझाङ, अछाम,डडेल्धुरा र दार्चुला जिल्ला प्रशासन मा  चाडपर्व नजिकै आउदै गर्दा ५ बुदे माग अघिसारेर ज्ञापनपत्र बुझाएको र सुदुरपशचिमका सबै जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने योजना रहेको थापा ले बताएका छन । 
मागहरु यश प्रकार छन ।
- चाडपर्व नजिकै गर्दा सवारी साधन दुर्घटना न्युनिकरणका लागी सडक सुधार कार्य, सवारी साधनमा क्षमता भन्दा बढी यात्रुहरु नचढ्न दिन ट्राफिक प्रहरी परिचालन, जाँडरक्सी तथा लागू औषध प्रयोग गरि सवारी साधन नचलाउन दिन हुन सम्बन्धित निकायको ध्यान जाओस्  र सवारी साधनहरु प्रयोग गर्दा अनावश्यक भाडा असुली गर्ने पाईएकाले जिल्लाका प्रत्येक बसपार्कहरुमा साहयताकक्ष तत्काल सञ्चालनमा ल्याईयोस् ।
- बजार तथा गाउँघरमा अखाद्य बस्तुहरुको बढ्दो बेचबिखन हुने भएकाले बजार अनुगमन तत्काल गर्नुका साथै समाग्री को मुल्य पनि अनावश्यक लिने पाईएकाले नियमन गरियोस् 
- चाँडपर्वको बेला जाड रक्सी, जुवा , तास र लागु औषध जस्ता नशालु पदार्थको ओसारपसार तथा बढ्दो प्रयोग हुने भएकाले  नियन्त्रण गरियोस् ।
-भारत लगायत अन्य मुलुक बाट चाडपर्वका बेला घर फर्कने नेपाली नागरिकहरु लाई सिमाहरुमा लुटिने खतरा भएकाले सिमाहरुमा साहयता कक्ष र साधा पोशाकमा प्रहरी परिचालन गरियोस । 
 - पछिल्लो समय बाढी पहिरोले गर्दा अवरुद्ध भएका जिल्लामा रहेका राजमार्ग सडक खण्ड देखि स्थानीय सम्म जोडिएका सडकहरु तत्काल सुचारु गरियोस ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>