अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार अखिल क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरले प्रशासनलाई ५बुदे ज्ञापन पत्र बुझाएको जनाएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले जिल्लामा शैक्षिकदेखिका विवित क्षेत्रमा बेतिथि बढेकाले त्यसमा क्रान्तिकारीले प्रशासनको ध्यानाकर्षण गराएको बताए ।
ज्ञापन पत्रको पहिलो बुदामै मापदण्ड विपरित जिल्लाभरी विद्यालय बस संचालनमा रहेकाले भविष्यमा दुर्घटना भई विद्यार्थी जोखिममा पर्ने भएकाले समयमै नियमन गरेर मापदण्ड विपरित संचालनमा रहेका बस नियन्त्रण गर्नुपर्नेमा जोडदार माग अघि सारेको छ ।
सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत छुट कार्यान्वयन गर्नुपर्ने, दशैँ तिहारका बेला मुल्य बृद्धिदेखिका कालोबजारी नियन्त्रण गर्नुपर्ने, सरकारी सवारी साधन नियन्त्रण गर्नुपर्ने, सीमा क्षेत्रमा चोरीतस्करी बढेकाले नियन्त्रणमा जोडदिएको छ । अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन आयोगका उपमहासचिव भुवन सिह विष्टले जिल्लामा शिक्षा क्षेत्रमा बेतिथि भईरहेकाले त्यसमा प्रशासनले तत्तकाल एक्सनमा उत्रिनुपर्नेमा ध्यानाकर्षण गराएका छन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन काेईरालाले अखिल क्रान्तिकारीले उठान गरेका विषयमा प्रशासनको गम्भिर ध्यानाकर्षण भएकाले नियमितदेखिका सबैतिरका सम्बन्धीत निकाय मार्फत कार्बाही अघि बढाउने बताए । अखिल क्रान्तिकारीले विद्यार्थीको भविष्यसग जोडिएका विषय भएकाले त्यसमा गम्भिर भएर प्रशासनले अघि बढ्नुपर्नेमा जोडदिएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया