प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिष्कारबीच सुदूरपश्चिम प्रदेश सभाबाट सरकारको बजेट पारित भएको छ । मंगलबार प्रतिपक्षी दलको अनुपस्थितिमा प्रदेश सभाको बैठक सञ्चालन गरी बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरिएको हो ।
प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि मंगलबार पहिलो बैठक सुरु गरेर स्थगित गरिएको थियो । त्यसपछि दोस्रो बैठक सञ्चालन गरी बजेटमाथिको छलफल र पारित गर्ने प्रक्रिया अघि बढाइएको थियो ।
प्रदेश सभा सचिव देवबहादुर बोगटीका अनुसार प्रतिपक्षी दलका सांसद बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने बाध्यकारी कानुनी व्यवस्था छैन । यद्यपि, संसदीय अभ्यासअनुसार प्रतिपक्षी दलको सहभागिता सुनिश्चित गर्ने प्रयास गरिँदै आएको उनले बताए । यही कारण पहिलो बैठक स्थगित गरेर दोस्रो बैठक सञ्चालन गरिएको उनको भनाइ छ ।
दोस्रो बैठकमा बजेटमाथिको छलफलमा सहभागी पूर्वआर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बजेट अपेक्षाअनुसार नआए पनि तत्काल पारित गर्ने सहमति भएकाले प्रक्रिया अघि बढाइएको बताए ।
उनका अनुसार तत्काल बजेट पारित गर्ने र संसदीय अध्ययन समिति गठन गरेर बजेटको अध्ययन गर्ने सहमति भएको छ । समितिले तयार पारेको प्रतिवेदनका आधारमा आगामी कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको उनले जानकारी दिए ।
बजेटमाथिको छलफलमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नेकपाका सांसद तथा पूर्वमन्त्री रामेश्वर चौधरी र लक्ष्मी विकलगायत सहभागी भएका थिए । उनीहरूले पनि बजेटमा विभिन्न समस्या रहेको औँल्याउँदै केही कार्यक्रम भने सकारात्मक रहेको धारणा राखेका थिए ।
छलफलपछि सभामुख भीमबहादुर भण्डारीले बजेटसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएको घोषणा गरेका थिए ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया