Samriddhipost
२०८१ असोज १९ गते शनिबार
महेन्द्रनगर
२०८१ असोज १४ गते सोमबार

विध्यालय गएका कक्षा १ का बालक विद्यालयकाे लापरबाहीले उतै अस्ताउन विवश भए ।

कंचनपुरको पुनर्वासमा ३ एस पि एल एकेडेमी बिधालयको बसबाट ओर्लिने क्रममा स्वही विद्यालयका एक विद्यार्थीको लडेर घाईते भइ उपचारका क्रममा मृत्युु भएको छ । 
पछिल्लो समयमा विद्यालयमा बसको व्यवस्थापन गर्नु एक प्रकार प्रतिस्पर्धा नै गर्ने गरेको पाइन्छ । यसरी सुबिधाका हिसाबले स्वागत योग्य कदम साबित भएता पनि यसको मापदण्ड अनुसार कार्यनयन गर्ने कुरामा भने सम्बन्धित प्रयोगकर्ता र विद्यालय चुकेका देखिन्छन ।
बसकाे सिट क्षमता भन्दा बढि विद्यार्थीलाई बोक्ने गरेका छन । तर यसलाई नियमन, अनुगमन गर्ने निकाय भने निश्कृय रहेको पाइन्छ । विद्यालयले सहचालकको व्यवस्था गरेको बताए पनि घटना स्थालमा भने चालक मात्रै रहेको पाइएको छ । यसरी न्युनतम मापदण्ड पनि पूरा नगर्नुमा कसको दोष ? 
 
बसको सिट क्षमता भन्दा बढि बिद्यार्थीलाई हुलेको देख्दा पनि ट्राफिक प्रहरी देखि स्वयं अभिभावक र सम्बन्धित निकायले आफ्नो कर्तव्य निर्वाह पालना नगरी लापरबाही गरेको देखिन्छ ।
पुनर्वास नगरपालिका-३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास-५, ग-गाउँका चक्र खातीका ८ वर्षिय छोरा करन खातीको उपचारका क्रममा शनिबार राती भारतको मेडासिटी हस्पिटलमा मृत्युु भएको छ ।
 
मृतक करन एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए । उनको आईतबार महाकाली अस्पताल महेन्द्रनगरमा पोष्टमार्टमका लागि राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिए ।
 
 
बिधालयको बस र चालक पुनर्वास नगरपालिका-५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
 
घाईते भएका करनको प्रारम्भिक उपचार पुनर्वास पोलिक्लिनिक र धनगढी स्थित निसर्ग हस्पिटलमा गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>