Samriddhipost
२०८३ असोज ०५ गते सोमबार
ट्रेन्डिङ
बैतडी
२०८१ असोज २३ गते बुधबार

चालक पसल गएका बेला  जिप आफै हिडेपछी
फायल तस्बिर

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका–६ स्थित मुस्याखान शंकरपुर सडकखण्डमा पर्ने खर्काधार भन्ने स्थानमा म १ ज १८६ नम्बरको जिप दुर्घटना हुदा चार जना घाइते भएका छन्।

घाइने हुनेमा सुर्नया गाउँपालिका–४ का ३२ वर्षीय बिरसिंह महरा, २० वर्षीय नविनसिंह महरा, २८ वर्षीय मानसिंह महरा र सुर्नया–६ का २० वर्षीय बसन्त कुवँर रहेका छन्।

घाइतेमध्ये ३२ वर्षीय बिरसिंह महरा र २० वर्षीय बसन्त कुवँरको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

उनीहरुलाई उपचारको लागि डडेल्धुरा लगिएको छ। अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

चालक २२ वर्षीया प्रकाश कुवरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चालकले जिपलाई रोकेर पसलतिर गएको र सोही अवस्थामा जिप आफै अघि बढेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>