Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०४ गते आइतबार

दार्चुलमा माओवादि गाउँ बस्ति भेटघाटमा, बिपक्षी भ्रम फैलाउदैछन: जाेशी

दार्चुला जिल्लामा माओवादि केन्द्रका नेताहरु गाउँ बस्ति भेटघाट सुरु गरेका छन । दार्चुला जिल्ला समन्वय समिति बैठकले निर्णय गर्दै गाउँ बस्ति स्तरमा गई भेटघाट तथा शुभ कामना आदान प्रदान गरेकाे हाे । 
पार्टिले आज पहिलाे दिन दुहुँ गाउँपालिकाकाे हिकिलामा भेटघाट गरेकाे छ । कार्यक्रममा केन्दिय सदस्यहरु, जिल्ला ईन्चार्ज लगायतकाे जिल्लाका नेताहरुकाे सहभागीता रहेकाे छ । पार्टिले भाेलि ब्यास गापाकाे सुन्सेरा हुँदै सबै पालिका कार्तिक १३ सम्म भेटघाट गर्ने जनाएको छ ।
विपक्षीको काम भ्रम फिजाउने हो माओवादी को काम विकास निर्माण गर्ने हो -ईन्चार्ज लक्ष्मण दत्त जोशी नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्ला ईन्चार्ज एवम् संविधानसभा सदस्य लक्ष्मण दत्त जोशीले दुहुँमा आयोजित पार्टीको कार्यक्रममा एमाले कांग्रेस को काम भ्रम सृजना गर्ने बाहेक अरु नभएको टिप्पणी गरेका छन्।उनले १० वर्षे जनयुद्धको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा को निमित्त पुन: एकपटक नेपाली जनता जाग्नुपरेको उल्लेख गरेका छन्।किनकी भ्रष्टाचारका विरुद्ध धावा बोलिरहेका प्रचण्ड लाई सत्ता बाहिर नपठाए आरजु ,ओली सचिवालय लगायत जेल जाने निश्चित थियो यसर्थ यो देशका केहि भ्रष्ट व्यवसायीहरु र भ्रष्ट नेताहरु मिलि वर्तमान सरकार बनेको छ। जुन कतिको भ्रष्ट छ दुनियाँलाई जगजाहेर भएकै कुरा हो उहाँले अगाडि भन्नुहुन्छ केन्द्रमा भ्रम सृजना गर्ने हरुझै जिल्लामा पनि माओवादी केन्द्रका बिरुद्ध भ्रम सृजना गर्नेहरुको कमि छैन् तर यिनीहरुले विकास निर्माणको लागि केहि गर्न सकेका छैनन्, मात्रै गाउँगाउँमा गएर भ्रम सृजना गर्नुबाहेक ।आफूले पहिलो संविधानसभा निर्वाचन २०६४ मा निर्वाचित भएपछि आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय महत्त्व बोकेको तिंकर सडक शुरु गरेको , गोकुलेश्वर देखि सदरमुकाम खलंगासम्म कालोपत्रे, सदरमुकाममा कर्मचारीहरु आवासीय समस्या समाधानका लागि कर्मचारी आवास, ऐरछाना धन्थला सडक, जौलजीवी उकु-बाकू-लाली-सेरा सडकखण्ड ,  दार्चुला जिल्लाका दुर्गम बस्तिहरुलाई मध्य नजर गरी क्याम्पसहरु स्थापना, गोकुलेश्वरमा जिल्ला स्तरीय अस्पताल, ग्रामिण जलविद्युत् देखि जनतासंग जोडिएका कामहरु शुरु गरेको दाबी गरेका छन्। मलाई भ्रम सृजना गर्न आउदैन बुझ्नेले बुझेकै छन् काम गर्ने हो इन्चार्ज जोशीले भने।नेकपा (माओवादी केन्द्र) को इतिहास मैंले व्याख्या गरिरहनुपर्दैन माओवादी ले २०६४ यताका गल्तिहरुबाट सिकेर पुनः एकजुट भई गाउँ फर्किएको छ। सहिदहरुको रगतबाट स्थापित यो व्यवस्थाका रक्षाका निम्ति जनयुद्ध का बेला सघाएका सम्पूर्ण जनसमुदायलाई पुन: साथदिन आग्रह गर्दछु हामी अग्रगामी हरुले बाचुन्जेल लडिरहनुपर्दछ फेरि शुसासनका लागि लड्नुपर्ने बेला आएको छ ईन्चार्ज जोशीले बोलेको उदृत गर्ने जिल्ला समन्वय समिति सचिव विनोद कुवंरले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>