Samriddhipost
२०८१ कार्तिक २० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक १० गते शनिबार

ऐमाले बाट भिमदत्त ६ मा मंशिर १६ काे कमाण्डर अवस्थी उमेदवार चन्द

नेकपा एमाले कञ्चनपुरले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीलाई भीनपा ६ को उप निर्वाचन चुनावी कमाण्डर बनाएको छ ।
एमाले जिल्ला सचिवालय बैठकले उपाध्यक्ष अवस्थीलाई २ सय १ सदस्यीय निर्वाचन मूल प्रचार प्रसार समिति बनाएको हो । समितिमा जिल्ला सचिव सहितका पदाधिकारी, सदस्य, नगर कमिटी, वडा कमिटी र जिल्ला र मातहतका सबै जनवर्गीय संगठनका पदाधिकारी सदस्य छन् ।
एमालेले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलको नेतृत्वमा केन्द्रीय सदस्य, क्षेत्रीय कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष सहितका सदस्य रहने गरी अनुगमन समिति बनाएको छ ।
उप निर्वाचनका लागि स्रोत व्यवस्थापनको जिम्मा एमालेले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाललाई जिम्मेवारी दिएको छ । समिति १५ सदस्यीय छ ।
एमाले सचिवालय बैठकले शनिबार भीनपा ६ को उप निर्वाचनमा पूर्व प्रधानाध्यापक बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवालय बैठकका निर्णय र चन्दको उम्मेदवारी घोषणा गरेको छ ।
एमालले कार्तिक मसान्तभित्र वडा तथा नगर अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>