Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २१ गते शुक्रबार

माओवादिले पुराना मुद्दा बिउताएर संविधान संशाेधनमा जान बाेलायाे बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री बन्न नपाउने मुद्दालाई ब्युँताएको छ ।
सरकारले संविधान संशोधनको विषयलाई छलफलमा अगाडि बढाउने तयारी गरेसँगै माओवादी केन्द्रले संविधान निर्माणकै बेलामा पार्टीले उठाएका र संविधान जारी गर्दा राखेका फरक मतका विषयलाई पुनः मुद्दाको रूपमा ब्युँताएको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार यो विषयमा बिहीबार बसेको पदाधिकारी बैठकमा छलफल भएको छ । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरू मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न पहल गर्ने तय भएको छ,’ उपाध्यक्ष सापकोटाले भने ।
नेताहरूका अनुसार सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेकाले त्यसलाई कसरी ‘रेस्पोन्ड’ गर्ने भन्ने बारे पार्टी प्रष्ट भएर अगाडि बढ्न खोजेको हो । संविधान संशोधनसँग जोडिएका यी एजेन्डा बारे थप छलफल गर्न माओवादीले २७ मंशिरमा स्थायी समितिको बैठक पनि बोलाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक २ पुसका लागि बोलाइएको छ । उक्त बैठकबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्ने निर्णय लिने र जनतामा जाने नेताहरू बताउँछन् ।
यो विषयमा निरन्तर संवाद, छलफल र बहस गर्दै जाने र २०८४ को चुनावमा यही विषयलाई एजेन्डाको रूपमा प्रस्तुत गरेर मत माग्ने रणनीतिमा माओवादी छ । यही रणनीति अनुसार पार्टीभित्र छलफल सुरु गरिएको उपाध्यक्ष सापकोटा बताउँछन् ।
उनका अनुसार यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरिनेछ । अधिकतम् दलहरूको साझा बनाउन र जनतामा यी एजेण्डा आवश्यक छन् भनेर स्थापित गराउन पार्टी परिचालित हुने उनको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>