डडेल्धुराको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा कर्मचारीबीच हानाहान भएको छ। कार्यालयका इन्जिनियर मनोजकुमार दास र लेखापाल राजेन्द्रबहादुर थापाबीच कार्यालयभित्रै हातपात भएको हो।
लेखापाल थापाका अनुसार कार्यकक्षमा काम गरिरहेका बेला इन्जिनियर दासले आक्रमण गरेका हुन्। भत्ता नदिएको र आफूलाई पेलेर अघि बढेको भन्दै दासले हातपात गरेको थापाको आरोप छ।
तर, इन्जिनियर दासले भने आफू बिदामा रहेका बेला आफ्नो दराजको ताल्चा तोडिएको विषयमा थापासँग बुझ्न खोज्दा उल्टै हातपात भएको दाबी गरेका छन्।
घटनामा दुवै जना घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया