Samriddhipost
२०८३ असोज २० गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २० गते मङ्गलबार

सरकारी ठेक्कामा अवैध पहुँच पुर्‍याउने आठजना पक्राउ
एआई द्वारा तयार गरिएको तस्बिर

सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालन गर्ने विद्युतीय खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई गत शुक्रबार नियन्त्रणमा लिएको हो । 
ब्युरोको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूले ई-जीपी प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै डकुमेन्ट परिवर्तन गर्ने काम गरेका थिए । 

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएका उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिए । 
सरकारी ठेक्कापट्टालाई पारदर्शी बनाउन लागु गरिएको ई-जीपी प्रणालीमा लगातार साइबर हमला र कमजोरी भेटिएपछि सरकारले ११ भदौदेखि उक्त प्रणालीको प्रयोग स्थगित गरेको छ । यससँगै विकास निर्माण तथा अत्यावश्यक खरिद प्रक्रिया तत्कालका लागि पुरानै तरिकाबाट कागजी बोलपत्र प्रक्रियामा फर्किएको छ । 
यसअघि पनि प्रणालीको समानान्तर सर्भर खडा गरी ठेक्काको रकम र तथ्याङ्क हेरफेर गरेको आरोपमा सरकारी कर्मचारी दिवाकर देउजा, पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । 
सोही प्रकरण र प्रणालीमा देखिएको सुरक्षा कमजोरीमाथि प्रहरीले जारी राखेको अनुसन्धानका क्रममा बोलपत्रको आर्थिक प्रस्ताव नै फेरबदल गर्ने थप आठ जना पक्राउ परेका हुन् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>