Samriddhipost
२०८१ मङि्सर २७ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २४ गते सोमबार

बाजुरा दुर्घटनाले कंचनपुरमा निम्तियाे शाेक

बाजुराको मार्तडीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको हो। यस्तै, भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

मृतक भट्ट शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख रामदत्त भट्टकी श्रीमती हुन् । मृतक पन्त पनि भट्टकै आफन्त बुहारि हुन । उनका श्रीमान लोकेन्द्र पन्त दुर्घटनामा परेर घाइते भएका छन् ।

पन्त दम्पती शिक्षक हुन् । लोकेन्द्र भीमदत्त नगरपालिकाको ओदालीस्थित विपि कोइराला आधारभूत विद्यालयमा शिक्षण गर्छन् । पत्नी गायत्री एक निजी विद्यालयमा अध्यापन गराउँथिन् ।

दुर्घटनामा कृष्णपुर नगरपालिका–५ का मोहनदेव भट्ट र बाजुराको गौमुल गाउँपालिका–४ २५ वर्षीय रमेश धामी पनि घाइते भएका छन् ।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिर दर्शन गरेर फर्किने क्रममा उनीहरु सवार सुपप्र ०१००१ च ४३१६ नम्बरको स्कारपियो आइतबार दिउँसो दुर्घटनामा परेको थियो । जीप सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख भट्ट भर्खरै डोटीबाट सरुवा भएर बाजुरा गएका थिए । उनकी श्रीमती सहित आफन्त मन्दिर दर्शन सहित घुमफिरमा थिए । अछामको रामारोशन लगायतको बाजुराको विभिन्न ठाउँ घुमफिर गरेका थिए ।

घाइते शिक्षक लोकेन्द्रले एकदिन अघि मात्रै बाजुराको बिरे खोला झरनामा तस्बिर कैद गरेर सामाजिक सञ्जालमा शेयर(साझा) गरेका थिए । आफन्तसँग घुमफिरको रमाइलो दुर्घटनाले छणभरमै शोकमा डुबेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>