महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले कैलाली टीकापुरको भुपेन्द्र बडुवाल हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही माग गर्दै शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
२१ कार्तिकको राति करिब ९ बजे राप्रपाका नेता डम्बरबहादुर बडुवालका छोरा भुपेन्द्रको एक गुण्डा समूहले हत्या गरेको थियो । प्रहरीलाई किटानी जाहेरी दिएपनि स्थानीय प्रशासनले अपराधी माथि गम्भीरतापूर्वक कार्वाही प्रक्रिया अगाडि नबढाएको भन्दै राप्रपा कञ्चनपुरले ध्यानाकर्षण भएको जनाएको छ ।
‘घटनाको सत्यतथ्य छानबिन गरी संलग्न अपराधीलाई यथासिघ्र कार्वाही प्रक्रिया अगाडि बढाउन मन्त्रीज्यू समक्ष सादर अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय प्रहरीले शंकास्पद रुपमा केही मान्छेलाई पक्राउ गरेको जस्तो गर्ने तर परिवारजनले दिएको किटानीका मुख्य अभियुक्तहरु फरार रहेको अवस्था छ ।’
निर्ममतापूर्वक हत्या गरिएको हप्तौं बितिसक्दा पनि स्थानीय प्रहरीले मुख्य अभियुक्तलाई गिरफ्तार गरी कार्वाही प्रक्रिया अगाडि बढाउनुको सट्टा अन्य संलग्नहरुलाई पक्राउ गरेर हिरासतमा राखी घटनालाई साम्य पार्नेतर्फ केन्द्रित भएको ठहर राप्रपाले गरेको छ ।
‘सामुहिक हत्या जस्तो जघन्य अपराधका अभियुक्तलाई कुनै पनि बहानामा वा राजनीतिक संरक्षणमा उन्मुक्ति दिन खोज्नु कानूनी राज्यको संवैधानिक सर्वोच्चताप्रतिको उपहास हो,’ राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
ज्ञापनपत्र बुझाउन अध्यक्ष चन्द, राप्रपा प्रदेश अध्यक्ष धर्मराज जोशी, केन्द्रीय सदस्य हेमबाबु लेखकलगायतका राप्रपा नेता, कार्यकताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया