Samriddhipost
२०८१ पुष १३ गते शनिबार
महेन्द्रनगर
२०८१ पुष १२ गते शुक्रबार

'राष्ट्रवादी' प्रधानमन्त्री ओली मौन'

दुई ठूला छिमेकी चीन र भारतले नेपाली भूमि लिपुलेकलाई कैलाश-मानसरोवर आउजाउको केन्द्र बनाउने सहमति गरेको हप्ता दिन भइसक्यो । तर राष्ट्रवादी छवि बोकेका प्रधानमन्त्री केपी शर्मा ओली यस विषयमा मौन छन् ।

जबकि यसै विषयमा ९ वर्षअघि दुई देशबीच सहमति हुँदा त्यत्तिबेलाका प्रधानमन्त्री सुशील कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेरै आपत्ति प्रकट गरेका थिए । त्यसपछि सुशील कोइरालाको निर्धारित भारत भ्रमण एकाएक स्थगित भएको थियो ।

विरोधपछि रोकिएको लिपुलेकलाई तीर्थयात्रीको आउजाउको केन्द्र बनाउने विषयमा यही पुस ३ गते भारत र चीनले आपसमा सहमति गरेका हुन् । चीनको बेइजिङमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ श्रीविच सहमति भएको थियो ।

नेपाली भूमि लिपुलेकलाई भारत र चीनले कैलाश-मानसरोवर तीर्थयात्रु आवातजावातको केन्द्र बनाउने गरी सहमति गर्दा भारत भ्रमण गर्न नपाएका प्रधानमन्त्री ओली नियास्राे मानिरहेका छन् नै । यसवारे प्रश्न गर्दा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गैरजिम्मेवार ढङ्गले जवाफ दिएका छन्। उनले दुई देशबीच भएको सहमतिलाई 'टेक्निकल' भनेका छन्। यसवारे नेपालले चिन्ता लिनु नपर्ने पनि उनको भनाइ छ ।

'भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढङगले गरेको होइन । त्यो उहांहरूकै टेक्निकल कुरा हो र त्यसबारे क्याविनेटमा पनि लामो छलफल भयो', उनले विहीवार भने, 'तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढङ्गले सम्झौता भएको होइन ।'

यसअधि कोभिड महामारीका कारण २०७७ देखि तीर्थयात्रा रोकिएको थियो। तर, अब भने नेपाली भूमि लिपुलेकलाई नेपालको सहमतिबिना तीर्थयात्राको केन्द्र बनाउनेगरी सहमति भएको हो। नेपालसंग सम्बन्धित भूगोलमा छिमेकीहरूले यस्तो सहमति गरेर पुरानो घाउमा नुनचुक छर्ने काम गरेको सीमाविद्हरूले बताएका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठ लिपुलेकबारे भारत-चीनले आपसमा निर्णय गरेर हेपाहा प्रवृत्ति फेरि दोहोऱ्याएको आरोप लगाए । उत्नले यसबारे सरकारले औपचारिक रूपमा प्रोटेस्ट नोट दुवै देशलाई पठाउनुपर्ने पनि बलाए। 'लिपुलेक नेपाल-चीन सीमा क्षेत्रको भूगोल हो। यो भारतसंग जोडिदैन। तर, तेस्रो देश भारतको तीर्थालुलाई लक्षितगरी लिपुलेकबारे जान सहमति दुई देशबीच भयो। यो हेपाहा प्रवृत्तिबाहेक केही होइन', उनले भने ।

लिपुलेकको विषयमा यसअघि नेपालले दुवै देशसंग औपचारिक रूपमै असहमति प्रकट गरिसकेको छ । १ जेठ २०७२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री ली खस्याडवीच लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति गर्दा नेपालले आपत्ति जनाएको थियो । त्यसबेला प्रधानमन्त्री सुशील कोइराला थिए । उनले दुबै देशलाई प्रोटेस्ट नोट पठाएका थिए। तर, दुवै देशले त्यसको वास्ता गरेनन्। बरु, लिपुलेकलाई पुनः प्रयोग गर्नेगरी सहमति गर्दै अगाडि बढेका हुन् । सहमतिका आधारमा अव भारतीय भूमिबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीले नेपालको लिपुलेक हुदै जानुपर्ने हुन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>