गृहमन्त्री रमेश लेखकले नेपालको शिक्षाको क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन् । आज ( शुक्रवार) महेन्द्रनगरमा आयोजित १७ औँ एन–प्याब्सन खेलकुद उत्सवमा बोल्दै गृहमन्त्री लेखकले निजी र आवासीय क्षेत्रका विद्यालयको स्थापनाले सामुदायिक विद्यालयहरूको पनि शिक्षाको क्षेत्रमा गुणस्तरमा वृद्धि भएको बताए ।
शिक्षाको गुणस्तर वृद्धि गर्ने सवालमा, शिक्षालाई घरघर गाउँ गाउँमा अंग्रजी माध्यम र अरू विषयको पनि पठनपाठनलाई गुणस्तरीय बनाउने सवालमा निजी र आवासीय क्षेत्रका विद्यालयहरूको भूमिका महत्त्वपूर्ण रहेको गृहमन्त्री लेखकले बताए । यस भूमिकामा निजी तथा आवासीय विद्यालाईहरुलाई उनले थप प्रगतिको शुभकामना समेत व्यक्त गरे ।
निजी विद्यालयलाई अब अगाडी नबढाउने, केही सीमित स्थानमा मात्रै सीमित गर्ने, सामुदायिक विद्यालयलाई मात्रै अगाडी बढाउने भन्दै यदाकदा चर्चा हुने गरेका बताउँदै गृहमन्त्री लेखकले जनशक्ति उत्पादनमा निजी तथा आवासीय विद्यालयको पनि उत्तिकै भूमिका रहेको बताए ।
निजी र आवासीय क्षेत्रका विद्यालयलाई पनि सामुदायिक विद्यालय सरह अगाडी बढ्न दिनुपर्ने उनले जोड दिए । कुनै पनि हालतमा निजी र आवासीय विद्यालय बन्द हुने गरी सरकारले नीति नबाउनेमा आफू विश्वस्त रहेको गृहमन्त्री लेखकले बताए ।
गृहमन्त्री लेखकले खेलकुदले अनुशासनमा बस्न सिकाउने, स्वस्थ मानिस बन्ने स्थिति निर्माण हुनेभएकोले खेलकुद पनि उत्तिकै आवश्यक भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गृहमन्त्री लेखकले अहिले लागू औषधको प्रयोग अत्याधिक देखिएकाले त्यसको रोकथामका लागि एन–प्याब्सनमा आबद्ध विद्यालयहरूलाई उनले आग्रह समेत गरे । लागू औषधको दलदलमा युवाहरू फस्दै गइरहेको अवस्थामा यसको न्यूनीकरणका लागि सबै नागरिक सचेत हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।
समाजमा लागू औषध , सवारी दुर्घटना र आत्महत्याका तीन घटना बढ्दै गएको गएको भन्दै गृहमन्त्री लेखकले चिन्ता व्यक्त गरे । समाजमा यी विकृति बढ्दै गएकाले यसको रोकथामका लागि विद्यालयहरूको भूमिका महत्त्वपूर्ण हुने लेखकले बताए ।
एन प्याब्सनले प्रत्येक विद्यालयमा लागू औषधबाट मुक्तिको अभियान सञ्चालन गर्न समेत गृहमन्त्रीले आग्रह गरे । उनले लागू औषधको विरुद्धमा प्रत्येक विद्यालयहरूलाई पाठ्यक्रममा समावेश गरेर न्यूनीकरण गर्न आग्रह गरे ।
शुक्रवार बाट महेन्द्रनगर स्थित खुलामञ्चमा सुरु भएको नेसनल प्याब्सनका खेलहरू आगामी सोमबार सम्म चल्ने आयोजकले जनाएको छ । खेलमा झण्डै ६० विद्यालय बढीको सहभागिता रहेको जनाइएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया