Samriddhipost
२०८१ माघ ०९ गते बुधबार
महेन्द्रनगर
२०८१ माघ ०३ गते बिहिबार

सरकार गैरकानुनी काम गर्दैछ: पुर्व मुख्यमन्त्री भट्ट

 सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले वर्तमान प्रदेश सरकार गैह्रकानुनी काम गरिरहेको आरोप लगाएका छन् । बिहीबार धनगढीमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठनको विस्तारित बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने ‘प्रदेश सरकारले दरबन्दी नभएका ठाउँमा कर्मचारी सरुवा गरेर जिम्मेवारी समेत दिएको छ । जुन गैह्र कानुनी छ । प्रदेश सरकारले असार पछि बजेट ल्याएको छ । असार पछि बजेट ल्याउने कुनै कानुनमा छैन,प्रदेश सरकारले ल्याएको बजेट नै गैह्र कानुनी छ ।’

उनले प्रदेश सरकारले ल्याएको निजामति सेवा नियमावलीमा कर्मचारीको मनोवल घटाउने गरी कर्मचारीको पदनाम गर्ने व्यवस्था ल्याएको बताए । उनले प्रदेश सरकारले प्रदेशको सचिव तोक्दा मनोमानी गरेको आरोप लगाए । उनले प्रदेशको सचिव प्रदेशबाटै हुनुपर्ने बताए । त्यस्तै प्रदेश निजामति सेवा ऐनमा लेखा समूहका कर्मचारीको वृत्ति विकास समेटिनु पर्ने उनले बताए ।

उनले माओवादी बाहेकका दलले केही काम गर्न सक्दैनन् भन्ने कुरा जनतामा बहस भएको बताए । उनले परिवर्तनको संबाहक माओवादी नै भएकाले जनताले माओवादी प्रति आशा देखाएको बताए । उनले भने ‘जनताको माओवादी प्रतिको आशा उपनिर्वाचनले पनि देखाएको छ । पछिल्लो अवस्था हेर्दा माओवादीको अवस्था २०८४ मा २०६४ को जस्तो बन्ने सम्भावना देखिन्छ । यसका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।’

माओवादी नेतृत्वको सरकारले सुशासन,विकासलगायतका बिषयमा काम गर्दा ढलेको बताए । उनले भने,‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सुशासनका पक्षमा, भ्रष्टाचारका विरुद्धमा काम गर्दा सरकार ढलेको छ । यो सबै जनताले बुझेका छन् ।’

उनले व्यवस्था परिवर्तन भएको भए पनि कर्मचारीतन्त्र परिवर्तन हुन नसकेको बताए । कर्मचारीतन्त्र परिवर्तन नहुँदा जनताले चाहे जस्तो प्रतिफल दिन नसकिने उनले बताए ।

बैठकमा बोल्दै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढाले माओवादी नेतृत्वको सरकारले चालेका सुशासन,भ्रष्टाचार विरुद्धको अभियान,पार्टीको तीन महिने रुपान्तरण अभियानले जनतामा आकर्षण बढाएको बताए ।

उनले भने ‘कांग्रेस एमालेसँग माओवादीले प्रतिष्पर्धा गर्न सक्दैन भन्ने भाष्य सिर्जना भएको थियो त्यसलाई उपनिर्वाचनले चिरेको छ । जनतामा माओवादी प्रतिको विश्वास बढ्दै गएको छ ।’

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्टले संगठनको कर्तव्य प्रभावकारी जनसेवा र पेसागत अधिकार सुरक्षा गर्ने अधिकार भएको बताए ।
उनले संघीय सरकारको निजामति सेवा ऐनमा प्रदेश र स्थानीय सेवा बीच विभेद रहेको बताए । कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष उमेश यादव,उपाध्यक्षहरु यशोदा आचार्य,लोकेन्द्र चौलागाईँ,सचिव बलदेव कपाडीलगायतका केन्द्रीय पदाधिकारी,प्रदेश समिति,जिल्ला अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष चन्द्रप्रकाश जोशीको अध्यक्षतामा भएको बैठकको सञ्चालन प्रदेश सचिव खगेन्द्र विश्वकर्माले गरेका थिए भने स्वागत मन्तव्य प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्णराज जोशीले राखेका थिए । वैठकमा प्रदेश सहसचिव बलबहादुर धामीले अतिथि स्वागतलगायतको व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए ।
बैठकमा ८ जना कर्मचारी नेपाल राष्ट्रिय कर्मचारी संगठनमा प्रवेश गरेका थिए । नापी कार्यालय कैलालीमा कार्यरत नापी अधिकृत विवेक चन्द,अमिनहरु भुवन चौधरी,थानेश्वर भट्ट,बसन्त ऐर,सहायक कम्प्युटर अपरेटर प्रकाश जोशी,कम्प्युटर अपरेटर माया भट्ट,धनगढी उपमहानगरपलिकामा कार्यरत अमिन राजिव अवस्थी र नापी कार्यालय कैलालीमा कार्यर कास भानसिंह खत्री संगठनमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>