बिकास सिह महता,कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा जिल्ला लिग र नकाउट फुटबल प्रतियोगिताको आयोजनाका लागि मिति तय गरिएको छ।
शुक्रबार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द को अध्यक्षतामा बसेको कार्यसमिति बैठक द्धारा जिल्ला लिग नक आउट र जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय भएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव रमेश चन्दले बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यतालिका अनुसार एन्फामा आवद्ध ४८ वटा जिल्ला फुटबल संघलाई २०७८ कार्तिक १५ गते अखिल नेपाल फुटबल संघले गरेको पत्राचार अनुसार पौष महिना भित्र जिल्ला लिग फुटबल प्रतियोगिता सम्पन्न गरि सक्नु पर्ने भएकाले कञ्चनपुरमा जिल्ला लिग पौष ३ र नक आउट फुटबल प्रतियोगिता मंसिर २५ गते देखि संचालन हुने महासचिव चन्दले बताउनु भयो। उनले भने’ जिल्ला लिग फुटबल प्रतियोगिताका लागि जिल्ला फुटबल संघमा आवद्ध सदस्य क्लबहरु लाई आवश्यक तयारी गर्न जानकारीका लागि पत्राचार समेत गरिएको छ। नक आउट प्रतियोगिताका लागि सहभागीता जनाउने क्लबहरुले मंसिर २० गते भित्र क्लब दर्ता प्रमाणपत्र ,नवीकरण लगायतका कागजात जिल्ला फुटबल संघमा बुझाई सक्नु पर्ने छ।
अखिल नेपाल फुटबल संघले २०७७ माघ २५ गते सम्पुर्ण जिल्लाहरुलाई जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न आवश्यक पर्ने नियमहरु बारे पुर्व नै जानकारी गराई सकेको एन्फाले पत्रमा मार्फत जानकारी गराएको छ। जुन जिल्ला लिग विश्वव्यापी रुपमा फैलिएको महामारीले कोभिड-१९ ले गर्दा सर्न गएको थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया