कैलालीमा विद्युत प्राधिकरणका कर्मचारीमाथि कार्यस्थलमै खुकुरी प्रहार गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१, गेटाका २० वर्षीय मार्टेन भनिने प्रविन शाही रहेका छन्।
शाहीले २२ फागुनमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रअन्तर्गत अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ।
प्रहरीका अनुसार चौधरीमाथि कार्यालय परिसरमै आक्रमण भएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका चौधरीको हाल काठमाडौँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। चौधरी नेपाल विद्युत प्राधिकरणमा फोरम्यानका रूपमा कार्यरत थिए।
प्रहरीले शाहीसहित केही अन्य व्यक्तिमाथि समेत मुद्दा दर्ता गरिएको जानकारी दिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया