Samriddhipost
२०८३ भदौ २८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ०३ गते आइतबार

अठार नम्वर पिल्लर बस्तीको नेपाली नागरिकको घर तोडफोड घटनामा सहमति

भारतीय नागरिककाे समूहले कञ्चनपुरका एक नेपाली नागरिकको घर तोडफोड गरेको बिबादमा सहमती भएको छ् । मादक पदार्थ सेवन गरेको भारतीय समूहले दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर को १८ नम्वर पिल्लर बस्तीमा गणेश सुनारको घर र पसलमा तोडफोड गरेको थियाे ।
 
समुहमा आएका भारतियहरु एक–आपसमै जुधेपछि गाँउ फर्किएका उनीहरु पुन: सुनारको घर आएर तोडफोड गरेका हुन् । तोडफोड गरेको उक्त भारतीय समूहले रकम समेत लुटपाट गरेको सुनारले बताएका थिए । ‘होलीको अन्तिम दिन थियो, प्रमोद यादव, महेशराज भाट, सुवास राजभाटसहित पाच–सातजना मेरो पसलमा आएका थिए,’ उनले भने, ‘उनीहरु बिचमै एक–आपसमा वादविवाद भयो । मैले र सशस्त्र प्रहरीले अव उप्रान्त झैझगडा नगर्न आग्रह गरेर घर पठाएका थियौं, त्यसको केही बेरमै ५०–६० जना घरेलु हतियार हसिँया, बन्चरो लिएर आएका थिए । घर र पसल तोडफोड गरिदिए ।’ उनीहरुले आफ्नो घरबाट नगद रुपैयाँ समेत लुटपाट गरेर लगेको सुनारले बताए । 

दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु र वडा १० अध्यक्ष चन्द्र बहादुर सिहले क्षेत्रको अठार नम्वर पिल्लर बस्तीमा भएको लुटपाटको बिबाद सहमती भएको बताउनुभएको छ । ‘पिडित पक्ष, भारतिय जनप्रतिनिधी, नेपाली जनप्रतिनिधी, दुवै देशका सुरक्षाकर्मी तथा स्थानियबासीको रोहवरमा पिडित पक्षलाई क्षतीपुर्ती दिलाउदै लुटपाट तथा घर तोडफोड बिबाद सहमती गरिएको छ् ।’ नगरप्रमुख लिम्बुले भने–‘अव उपरान्त कसैले पनि यस्ता गतिबिधी गरिएको पाईएमा सजायको भागी हुने गरि कागज लेखि सहमती गरिएको छ् ।’ भारतीय पक्षबाट नेपाली नागरिक गणेश सुनारको घरमा भएको तोडफोड र अत्याचार निन्दनीय भएकाले अव उप्रान्त यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने नगर प्रमुखले बताए । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>