Samriddhipost
२०८२ बैशाख ०५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत २७ गते बुधबार

प्रगतिशील लेखक संघको तेह्रौँ राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

प्रगतिशील लेखक संघको तेह्रौँ राष्ट्रिय सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ । प्रज्ञा भवन कमलादीमा चैत २३ र २४ दुई दिन चलेको सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएको हो । 
सम्मेलनले डा देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा समीर सिंह र डा अमृता शर्मा, महासचिवमा झगिन्द्रप्रसाद ढकाल ‘पारस’, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा हरिप्रसाद तिमिल्सिना र कुशल बोगटी एवम् कोषाध्यक्षमा डा कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा सिर्जन श्री,रमेश पन्त मितबन्धु,गङ्गा प्र रिजाल,कर्ण दयाल,कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण, गङ्गा रिजाल, डा प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अनमोल, विमला विश्वकर्मा, भीम रानाभाट, डा पूर्ण भण्डारी, मणि अर्याल,  गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, र डिल्लीराम भण्डारी छन् ।

प्रलेसको विधानअनुसार गण्डकी प्रदेशका अध्यक्ष प्राडा यदुनन्दन उपाध्याय, बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशका अध्यक्ष युद्धविक्रम शाही, कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशका अध्यक्ष डा मुरारी पराजुली, मधेस प्रदेशका अध्यक्ष नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा ‘कल्प’ सात प्रदेश समितिका अध्यक्ष समेत केन्द्रीय समितिमा छन् ।

सम्मेलनले ४६ सदस्यीय केन्द्रीय परिषद् पनि चयन गरेको छ ।

परिषद्मा दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने, देवेन्द्र कुँवर, डी पी शर्मा, माधव पोखरेल गोज्याङ्ग्रे, विन्दा सुवेदी, सिर्जना सरोवर, मनोज पोखरेल, केशु कार्की, विश्वनाथ तामाङ, विनु खड्का, शम्भु अर्याल, लेकप्रसाद प्याकुरेल, देवीराम बन्जाडे, जागेश्वर नेपाल, कविराज भट्ट, हिमालय पौडेल, दिल पौडेल, नानीमैया दलाल, लक्ष्मी सम्बा र श्रीराम अधिकारी छन् ।
त्यसैगरी जनक साउद, दिनेश नागरी, आकाङ्क्षा अधिकारी, सन्तोष सिम्खडा, जीवछ उदासी, कुमारसिंह राई, नगेन्द्रप्रसाद आचार्य, यश लामा, दामोदर पौडेल, विद्या भण्डारी, रञ्जन घिमिरे, प्रेमबहादुर सिंह, यदुनाथ बसन्तपुरे, छन्दविज्ञान निरौला, शुष्मा तिमिल्सिना, ध्रुव रायमाझी, खोमा तरामुमगर, ज्ञान केसी, भीम भारती, ममता सुर्खेती, कपिल शिवाकोटी, कृष्ण राना र घनश्याम मिश्र पनि परिषदमा रहेका छन् ।
अध्यक्ष डा देवी दुलाल क्षेत्री, सचिव डा हरिप्रसाद तिमल्सिना र कोषाध्यक्ष डा कृष्ण सुवेदी (भारद्वाज मित्र) नेकपा एमालेको तर्फबाट पदाधिकारीमा चयन भएका हुन् । त्यसैगरी उपाध्यक्ष डा अमृता शर्मा र महासचिव झगिन्द्रप्रसाद ढकाल 'पारस' नेकपा माओवादी केन्द्रको तर्फबाट पदाधिकारी चयन भएका हुन् भने उपाध्यक्ष समीर सिंह नेकपा मसाल, उपमहासचिव बोधकुमार घिमिरे नेकपा एकीकृत समाजवादी एवम् कुशल बोगटी नेपाल कम्युनिष्ट पार्टीबाट प्रगतिशील लेखक संघ नेपालको केन्द्रीय समितिको पदाधिकारीमा चयन भएका हुन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>