नेकपा माओवादी केन्द्रले झापाबाट सुरु गरेको तराइ-मधेस जागरण कञ्चनपुर पुगेर १७ गते समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली १५ गते साँझ कैलाली प्रवेश गर्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय पदाधिकारीलगायतको टोली वैशाख १५ गते (सोमबार) कैलाली पुग्ने भएको छ ।
टोलीलाई साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।
उनकाअनुसार अभियान टोली सोमबार राति टीकापुर-७,८ र ९ मा बास बस्ने छ भने १६ गते बिहान सुर्यपुर सत्ती बजारमा मर्निङ वाकको कार्यक्रम रहेको छ । १६ गते बिहान ८ बजे टीकापुर- ८ सुर्यपुरमा सहिद परिवार भेटघाट,९ बजे देखि १० बजेसम्म वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको उनले जानकारी दिए ।
सचिव बुढाका अनुसार १६ गते साढे १२ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा जनसभा,दिउँसो साढे २ बजे सम्म धनगढी उपमहानगरपालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।
त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने उनले बताए । १६ गते साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट विदाइ गरिने उनले बताए ।
१६ गते साँझ पुनर्वास नगरपालिका-११ डोकेबजारमा अभियान टोलीलाई स्वागत र गुम्बा निरीक्षण तथा पुनर्वास नगरपालिकाको कार्यालयमा स्वागत भेटघाट गरि वडा नं २ मोतिबस्तीमा बास बस्ने उनले बताए ।
वैशाख १७ गते बिहान पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा मर्निङ वाक,७ देखि ८ बजेसम्म मोतिबस्तीस्थित सहिद स्मृति सभा हलमा सहिद परिवार भेटघाट,साढे ९ देखि १० बजे बेलौरी नगरपालिका- ५ स्थित रामनगर खानेपानी उद्घाटन,सहिद सालिक माल्यार्पण तथा सोभाताल अवलोकन र १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभा हलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम रहेको सचिव बुढाले जानकारी दिए ।
१७ गते दिउँसो १ बजेदेखि साढे १ बजेसम्म बेलडाँडी गाउँपालिकाको चौवन्नी बजारमा भेटघाट र २ देखि साढे २ बजेसम्म बेदकोट सामादैजी हुलाकीमार्ग पश्चिम प्रवेशद्वारमा अवलोकन,सहिद परिवार भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
वैशाख १७ गते साढे ३ बजेदेखि ५ बजेसम्म भीमदत्त नगरपालिका-४ स्मारक चोकमा अभियान समापन कार्यक्रम रहेको सचिव बुढाले जानकारी दिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया