Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ बैशाख १५ गते सोमबार

शुक्लफाँटामा याेजना हरुकाे अनुगमन, कामहरु सन्ताेषजनक ।

शुक्लाफाँटा नगरपालिकाले निर्माण गरेका विकास निर्माणका योजनाहरुको कार्यपालिका सदस्यहरुले अनुगमन गरेका छन्। आइतबार नगर प्रमुख रणबहादुर महरा नेतृत्वको कार्यपालिका टोलीले वडा नं। १, २, ३, ४, ११ र १२ मा निर्माण गरेका योजनाहरुको अनुगमन गरेको हो।

 

विकास निर्माण योजनाहरुको गुणस्तर, प्रगति, योजना कार्यान्वयनमा पारदर्शिता र प्रभावकारी मुल्यांकन गर्न अनुगमन गरिएको वडा नं। १ का अध्यक्ष उत्तरदेव भट्टले बताए। उनका अनुसार फोहर व्यवस्थापन केन्द्र, सडकहरु, नगर गौरव योजना अन्तर्गत निर्माण भइरहेको चक्रपथ, मेसवायर, तटबन्ध, खानेपानी योजना, नगर अस्पतालको अनुगमन गरिएको थियो।

 

‘सबै कार्यपालिका सदस्यहरुलाई विकास योजनाहरुको जानकारी दिनका लागि अनुगमन गरेका थियौं, सबै योजनाहरुको काम सन्तोषजन छ,’ उनले भने, ‘योजना निर्माणमा देखिएका समस्याहरु तथा आवश्यक सुधारका लागि पनि अनुगमन महत्वपूर्ण हुने भएकाले सबै कार्यपालिका सदस्यहरु फिल्डमा गएका हौं।’

 

सबै वडाहरुमा निर्माण भएका तथा निर्माण भइरहेका योजनाहरुको कार्यपालिकाका सदस्यहरुले अनुगमन गर्ने उनी बताउँछन्। योजनाहरुको अनुगमनमा नगर प्रमुख महरा, उपप्रमुख कल्पना पन्त, प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, वडा अध्यक्षहरु उत्तरदेव भट्ट, लालबहादुर ऐर बोधुराम डगौरा, नरेन्द्र चौधरी, नवलसिंह राना, चक्रबहादुर खड्का, दानबहादुर ऐर, शेरबहादुर साउँद,  पूर्वाधार शाखाका प्रमुख तथा ईन्जिनियर दिपक धामीलगायतको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>