बेदकोट ८ का अध्यक्षले महेशराज जोशीले केही दिन पहिले फेसबुकमा लेखेको यो स्टाटस ‘जे हुन्छ बेदकोट नगरपालिकामा हुन्छ, विचित्र दुँनिया, सबैले पराल खाँदैन, हेक्का रहोस, अब हेरौ ’
यो स्टाटसको चर्चा अहिले सामाजिक सञ्जाल र गाउँघरहरूमा चलिरहेको पाइन्छ। फेसबुकमा बिरलै पोस्ट राख्ने यो चर्चाको विषय भनेको छ। यो विषय विकाससँग जोडिएको हो ।
बेतकोट ८ मा जोशी अध्यक्ष भइसके पछाडि वर्षौंसम्म गर्न सकिने विकास उनले यो तीन वर्षभित्रै गरिसकेको चर्चाहरु वडानगरमा मात्र होइन जिल्ला र प्रदेशतिर समेत चल्ने गरेको पाइन्छ। को हुन् यी अध्यक्ष जोशी ।
जोशी तीन वर्ष अघि स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचत भएका हुन् । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित उनी अहिले पार्टीको जिल्ला उप सचिव छन् । विद्यार्थी राजनीतिबाट आएका उनी केही दिन अघि मात्रै नेकपा समाजवादीको जिल्ला उप सचिव भएका हुन् ।
तीन वर्षे कार्यकालमा जोशी पहिलो पटक सामाजिक सञ्जालमा आक्रामक रुपमा प्रस्तुत भएका छन् । जनप्रतिनिधिमा उनी नरम र सरल स्वभावले परिचित छन् । सामाजिक सञ्जालमा अचानक नगरपालिका केन्द्रित आक्रामक पोष्ट गरी जोशीले सबैको आफूतिर खिचेका छन् ।
‘ममाथि पहिलो पटक धेरै ठूलो प्रहार गरियो, जनताको माग र भावनामाथि खेलवाड भयो, वडाको विकासमा वाधा हाल्ने काम भयो’ वडा अध्यक्ष जोशीले भने ।
वडाको विकास अवरोध गर्ने कार्य सह्य नभएर आफूले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो पीडा पोखेको उनले बताए । ‘यो मेरो पीडा हो, मैले कसैसित रिसराग गरेको होइन, मेरो वडामा गरिएको विकासको अवरोधबारे सबै सचेत नागरिकलाई जानकारी गराएको हुँ’ उनले भने ।
बेदकोट नगरपालिका कार्यालयले ८ नं. वडाको समपुरक र तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगतका योजना कटौती गरिएको वडा अध्यक्ष जोशीले बताए ।
समपुरक अन्र्तगतका योजनामा ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाले व्यहार्ने पर्ने व्यवस्था छ । तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत संघ सरकारले योजना निर्माणका बजेट दिने गर्छ ।
बेदकोट ८ मा आगामी वर्ष समपुरक र तराई मधेश समृद्धि कार्यक्रमका योजना समावेश नहुने भएका छन् । नगरपालिकाबाट योजनावद्ध रुपमा बेदकोट ८ का योजना सिफारिश नगरी रोक्का गरि दिएको हो ।
नगरपालिका कार्यालयबाट ती दुबै कार्यक्रम अन्र्तगतका योजना कटौती हुने भएपछि वडा अध्यक्ष जोशी असन्तुष्ट भएका हुन् । जोशीले आफ्नो असन्तुष्टि बेदकोटका मेयर भोजराज बोहरासम्म पुगाई सकेका छन् ।
जोशीले योजान कटौतीपछि वडामा सर्बदलीय छलफल गरेका छन् । वडाका राजनीतिक दलहरुले छलफलका लागि काँग्रेस वडा सभापति बहादुर विष्टलाई मेयर बोहरालाई भेट्न पठाएका छन् ।
मेयर बोहरालाई भेट्न गएका वडा सभापति विष्ट निराश भएर फर्किएको नेताहरुले बताए । मेयर बोहराले वडा सभापति विष्टलाई वास्ता नगरेको उनीहरुको भनाई छ । ‘कटौती गरिएका योजना जोगाउन हर सम्भव प्रयास गर्यौ, अहिलेसम्म हार गुहार गर्दैछौ’ वडा अध्यक्ष जोशीले भने ।
बैशाख १० गते बेदकोट तालमा अचेत भेटिएका ९ नम्बरका वडा अध्यक्ष जनक विष्ट महाकाली अस्पताल ल्याइएको थियो ।
वडा अध्यक्ष विष्टलाई अस्पताल ल्याएपछि बेदकोटका मेयर बोहरा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट सहित जनप्रतिनिधि र कर्मचारी अस्पताल आएका थिए ।
विष्टलाई मृत घोषणा गरेपछि राति नगरपालिका कार्यालय गएर प्रमुख प्रशासकीय अधिकृत भट्ट सहित कर्मचारीले योजना सिफारिश गरेका हुन् । त्यहीं राति आगामी वर्ष योजना नआउने मनसाय राखेर सिफारिश नगरिएको हो । बेदकोटका प्रमुख प्रशासकीय अधिकृत भट्ट केही दिन अघि मात्रै आएका हुन् ।
वडा अध्यक्ष जोशीले मेयरको निर्देशनमा योजना सिफारिश नगरिएको हुन सक्ने बताए । ‘मेयरको निर्देशनमा योजना कटौती गरिएका हुन सक्छ’ उनले भने ।
मेयरको सचिवालयका प्रकाश कलौनीले सामाजिक सञ्जालको पोष्टलाई लिएर वडा अध्यक्ष जोशीलाई फोन गरेपछि उनी मेयरको निर्देशनमा योजना कटौती गरिएको निष्कर्षमा पुगेका हुन् ।
‘मैले त्यो पोष्ट गरेपछि कलौनीले फेसबुकमा यो पोष्ट किन लेखेको हो भनेर स्पष्टीकरण सोध्ने शैलीमा सोध्यो, यसले पनि मेयर साप लगायतका मिलेमतोमा योजना कटौती गरिएको भन्ने पुष्टि हुन्छ’ वडा अध्यक्ष जोशीले भने ।
बेदकोट ८ गृहमन्त्री रमेश लेखकको वडा र सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावलको निर्वाचन क्षेत्र हो । यो वडा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा पर्छ ।
रावलको कार्यकालमा ८ नं. वडामा सडक, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार निर्माणका कार्य ठूलो लगानी आएको थियो । बेदकोट अन्य ९ वडा भन्दा बढी बजेट ८ नं. वडामा आएको स्थानीय बताउँछन् ।
सुदूरपश्चिमका पूर्व आर्थिक मन्त्री रावल समाजवादीका पोलिटब्युरो सदस्य हुन् । ८ नं. वडामा समाजवादीका जोशी चुनाव जितेपछि अन्य दल असन्तुष्ट छन् । योजना सिफारिश नगरी जोशीमाथि रिस फेर्न थालिएको हुन सक्ने नेताहरु बताउँछन् ।
बेदकोटको कार्यपालिका र नगर सभा दुबैमा काँग्रेसको बहुमत छ । बेदकोट नगर कार्यपालिकाबाट ८ नं वडामा समपुरक र तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगतका योजान छनौट गरिएका हुन् । कार्यपालिकाले छनौट गरेका योजना सिफारिश नभएपछि बेदकोट फेरि विवादित बनेको छ ।
‘म समाजवादीको मान्छे हो भनेर हो कि, यो वडा गृहमन्त्रीको वडा हो भनेर हो, किन हो, थाह छैन, तर एउटा कुरा चाहिँ स्ष्पट छ, गलत नियतवश मेरो वडाका योजना काटिएका छन्,’ उनले भने,‘यसको हिसाब किताब जनताले खोज्ने छन् ।’
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया