कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाहका लागि रुख कटानको काम सुरु भएको छ ।
स्थानीय मायापुरी सामुदायिक वनमा रुख कटानको काम सुरु भएको हो ।
रुख कटानको ठेक्का पाएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले गत सातादेखि रुख कटानको काम सुरु भएकोे र दुई महिनाभित्र रुख कटान सकिने बताए । उनले रुख कटान सकिनेबित्तिकै बन्दरगाह निर्माणको कार्य सुरु हुने बताए ।
बन्दरगाहस्थलमा रहेको वन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्ज प्रशासनको रोहवरमा रुख कटानको काम भइरहेको छ ।
४० लाखमा रुपैयाँमा रुख कटान ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार १ हजार ५ सय ९३ रुख कटान गरिनेछ ।
बन्दरगाह भारत सरकारको पूर्ण लगानीमा निर्माण गरिने छ । बन्दरगाह निर्माणका लागि भारतले अगाडि बढाएको ठेक्का प्रक्रिया अहिले मूल्यांकनको चरणमा छ ।
सुक्खा बन्दरगाहको डीपीआरअनुसार प्रशासनिक भवन, गोदाम, भन्सार, सुरक्षा, क्वारेन्टिन घर र लोड अनलोड सेडलगायत निर्माण गरिनेछ ।
करिब ६ अर्ब खर्च हुने अनुमान गरिएको बन्दरगाह तीन वर्षभित्र निर्माण पूरा हुने छ ।
बन्दरगाहसँगै एकीकृत जाँच चौकी निर्माण हुने उक्त परियोजनाका लागि मायापुरी सामुदायिक वनको २५ हेक्टर जग्गामा रुख कटान सुरु गरिएको हो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया