Samriddhipost
२०८२ माघ १९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ०३ गते शनिबार

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको युवा संयोजकमा महता

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी युवा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती साउदी अरबको युवा संयोजकको जिम्मेवारी पदम बहादुर महताले पाएका छन्।

शुक्रबार एक कार्यक्रमका साथ साउदी अरबको राजधानी रियादमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको १०औ अधिबेशन बाट २०२५-२०२७ को लागि युवा संयोजकको जिम्मेवारी महताले पाउनुका साथै प्रमाणपत्र समेत बुझेका छन् ।

ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाको एक सामान्य घरपरिवारमा जन्मिएका उनि वैदेशिक रोजगारीको सिलसिलामा सन २०१२ मा कर्म थलो साउदी अरब बनाएका महता पहिलो कार्यकाल सदस्य हुँदै अहिले दोस्रो कार्यकालमा युवा संयोजकको जिम्मेवारी पाएका छ्न। समाजसेवामा समर्पित रहेका उनी पछिल्लो समयमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आएर आपतबिपतमा परेका नेपालिहरुको समेत सहारा बन्न पुगेका छन्। 

उनी दमाम भेट्रान क्लब साउदी अरबको समेत अध्यक्ष हुन। खेलकुद क्षेत्रमा निकै रुचि राख्ने उनी पछिल्लो समयमा समाजसेवा देखि लिएर युवा नेतृत्वको जिम्मेवारी समेत पाएका छन्। नेपाली पनको एक हिस्सा बन्नको लागि जन्मभुमि नेपाल हुँदै अहिले कर्मथलो साउदी अरबमा उनी नेपाली समाजमा निकै चिरपरिचित र लोकप्रिय बन्न पुगेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>