Samriddhipost
२०८२ भदौ ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ ०७ गते शनिबार

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औं अधिवेशनका लागि प्यानल घोषणा ।

निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको १५औं अधिवेशनका लागि प्यानल घोषणा गरिएको छ। शनिबार महेन्द्रनगरमा एक कार्यक्रम आयोजना गर्दै  सङ्घका संस्थापक, जिल्लाका पूर्व अध्यक्षहरू प्रदेश समितिका पदाधिकारीहरू पूर्व पदाधिकारीहरू केन्द्रीय समितिका पूर्व सदस्यहरू विभिन्न नयाँ पुराना निर्माण व्यवसायीहरू सहित उपस्थित भएर निर्वाचनका लागि प्यानल घोषणा गरेका हुन् ।

यस्तो उपस्थितिमा अध्यक्षका उम्मेदवार निरञ्जनप्रसाद भट्ट वरिष्ठ उपाध्यक्ष देवबहादुर चन्द उपाध्यक्ष दीपक भट्ट महासचिव योगेन्द्र ठकुराठी सचिव बृजकिशोर चन्द कोषाध्यक्ष तेजबहादुर चन्द सहकोषाध्यक्ष हेमबहादुर महरा पदाधिकारी रहेको प्यानल घोषणा भएको हो।

यो प्यानल घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार निरञ्जन प्रसाद भट्ट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका हुन् उनी नेतृत्वको पहिलो कार्यकालमा निर्माण व्यवसायीहरू र ठेक्का लगाउने सरकारी पक्षबीच विवाद भई निर्माण अलपत्र परेको काममा समेत भट्ट नेतृत्वको समितिले सरकारी पक्ष निर्माण व्यवसायी र प्राविधिकहरूको त्रिपक्षीय छलफल गराएर विकास निर्माण अगाडि बढाएका थिए। 

यसैगरी भट्ट नेतृत्वको समितिले निर्माण व्यवसायीहरूले समयमा भुक्तानी नपाएपछि समस्या परेका बखत गतवर्ष नेपाल सरकारका विभिन्न कार्यालयहरूमा तालाबन्दी नै गरेर समयमा भुक्तानी गराउन सफल भएका थिए।

यसरी निर्माण व्यवसायीका पक्षमा काम गरेका भट्ट नेतृत्वको समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक संस्था शैक्षिक कार्यक्रम वृद्धाश्रम लगायतका सामाजिक क्षेत्रमा समेत सहयोग गरेका छन्।

अध्यक्ष भट्टले दोस्रोपटक उम्मेदवार हुनुका पछाडि निर्माण व्यवसायीहरूले तपाईँ नै उठ्नुपर्छ भन्ने एउटा माहोल तयार गरेका कारण आफू उम्मेदवार भएको र सबै निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुने गरी आफू उम्मेदवार भएको सकभर सर्वसम्मत रुपमा नेतृत्वतय हुनुपर्छ भन्ने मान्यताका साथ अरु साथीहरूलाई पनि छलफल गरिरहेको बताउनुभएको छ।

१४ अधिवेशनमा पुष्पराज अवस्थी र निरञ्जन प्रसाद भट्ट बीच प्रतिस्पर्धा भएर भट्ट विजयी हुनुभएको थियो। यसपटक भट्टले उम्मेदवारी घोषणा गरेपछि अवस्तीले समेत उम्मेदवारी दिने चर्चा चलेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>