भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रमा अर्बौं लागतमा नयाँ सडक, नयाँ नाली, नयाँ सडकबत्ती निर्माण गरिएको छ।
यो निर्माण ऋण सहयोगमा गरिएको हो। यो निर्माण गर्ने क्रममा सहरी विकास कार्यालयले ठेक्का दिएर जेडआइइसी लामा निर्माण कम्पनीले निर्माण गरेको हो। भने यसमा डिजाइन र सुपरभिजन बिडिए कन्सल्टेन्ट कम्पनीले गरेको थियो।
भीमदत्त नगरपालिकाले विभिन्न सहजीकरणका कामहरू गरेको थियो। यो निर्माण एकदमै गुणस्तरी हो भन्ने कुरा राखिरहेको भए पनि त्यतिबेलैदेखि समृद्धि पोष्टले निर्माण ठिक छैन भन्ने विषय अगाडि सारेको थियो। सडक बत्तीहरू सुरुमै खिया लागेका थिए। सडकका बत्तीहरू बन्द हुन थालेका थिए । नाली बनेपछि कतिपय ठाउँमा डुबान सुरु भएको थियो। सडकमा कतिपय ठाउँमा रुख बोट माथि नै पिच गरेको राम्ररी कम्प्याक्सन नगरेको समस्याहरू थिए। नालिका ढक्कनहरू सुरुबाटै ढप्किन थालेका थिए। भने कतिपय ठाउँमा नालीको बीच भागमा विद्युत र टेलिफोन लगायतका पोलहरू सहित नाली ढलान गरिएको थियो। जो अझै राम्रोसँग सफा भएको अवस्था छैन।
सडक पेटी र पार्किङका ठाउँमा राखिएका टाइलहरू कम्सल देखिएका थिए।
यसरी निर्माण गरिएको विकासले भीमदत्तमा सहजभन्दा असहजता थपेको छ। बर्सात सुरु भएसँगै सानोतिनो पानीले समेत महेन्द्रनगर बजार डुब्न थालेको छ।
यस विषयमा हामीले नौ महिना पहिले कन्सल्टेन्ट कम्पनीका इन्जिनियरसँग संवाद गरेका थियौँ। तर उहाँले गुणस्तरीय भएको दाबी गर्नुभयो यद्यपि फिल्डमा गुणस्तर देखिएन। सरोकारवालाहरुले यसमा फिटिक्कै ध्यान दिएनन् ।
यदि उहाँहरुले ध्यान दिएको हो भने महेन्द्रनगर बजारमा सानोतिनो पानीले डुबान कसरी हुँदैछ ?
यो विवरण तलको भिडियोमा
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया