पूर्वाधार विकास कार्यालय बझाङले निर्माण गरिरहेको दुर्गाथली गाउँपालिकाको सडकहरू भत्किएको छ। जेठ अषाढ महिनामा निर्माणका क्रममा सडक भासिने र चर्किने समस्याहरू भएको थियो। यसरी सडक बिग्रिरहँदा रिटेनिङ वालसहित सडक भत्किएको हो।
दुर्गाथली_गाउँपालिकाको मौरीबगर चौधारी सडक खण्ड मा ग्वालेक निर्माण नामक निर्माण कम्पनीले निर्माण गरिरहेको सडक बुधबार राति भत्किएको हो। सडक भत्किँदा विद्युत लाइनको पोल समेत भत्किने अवस्थामा रहेको र गाउँहरूमा जान आउन समस्या भएको दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा तुफानले बताउनुभएको छ। अध्यक्ष थापाले आफू बिहानै ४ बजेबाट समस्याहरू बुझ्न र पालिकाका तहबाट गर्न सकिने कामका लागि खटिएको बताउनुभएको छ।
अध्यक्ष थापाका अनुसार सडक किनाराको नाली ठाउँठाउँमा भत्किएको र ढुङ्गा माटोले पुरिएको अवस्थामा रहेको छ । यसरी नाली पुरिदा मानिसहरूका घर गोठ भित्र पानी जाने समस्या भई मौलाली सडकमा एकजनाको गोठको बाख्रा समेत मरेको बताउनुभएको छ।
यो सडक निर्माणमा ग्रेड नमिलेको नालीहरूको साइज नमिलेको र गुणस्तर समेत नमिलेको भन्दै दुर्गाथलिका स्थानीयले बेलाबखत कुरा उठाइ रहेका थिए ।
अहिले आएर रिटेनिङ वाल भत्केर सडक अवरुद्ध हुने अवस्था छ । सडक भत्किएर रावल र खाती गाउँ जाने सडक समेत अवरुद्ध भएको छ भने अरु संरचना समेत जोखिममा परेका छन्।
यस सम्बन्धी पूर्वाधार विकास कार्यालय बझाङका प्रमुख नपराज जोशीलाई सम्पर्क गर्दा उहाँले सडक निर्माणको काम सम्पन्न भइनसकेको निर्माणाधीन अवस्थामा रहेको सडकमा निर्माण गरिएका नालीहरू केही ठाउँमा भत्केको र मर्मत गर्नुपर्ने अवस्थामा भएका कारण निर्माण सम्पन्न नदिएको बताउनुभएको छ।
सडक भत्किसकेको अवस्था छ भन्दा उहाँले चार दिन पहिला आफू उक्त स्थानमा गएर निरीक्षण गरेको सडक नभत्किएको बताउनुभएको छ । हिजो आजमै सडक नभत्किनुपर्ने हो भत्किएको छैन होला उहाँले भन्नुभयो । उहाँका अनुसार सडक नाली लगायतको संरचना निर्माण सम्पन्न नदिएकै अवस्था हुनाले निर्माण व्यवसायीले निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया