Samriddhipost
२०८३ असोज ०७ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ मङि्सर ०८ गते सोमबार

सरकारी वकिल कार्यालय तोडफोड र आगजनी गर्नेमाथि कारबाही माग गर्दै जाहेरी निवेदन दर्ता

जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कार्यालयमा भएको आगजनी र तोडफोडबारे छानबिन गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो ।
न्यायाधिवक्ता फटिकराज मुडभरीका अनुसार आन्दोलनकारीले कार्यालयको भुइँतलामा आगजनी गर्दै कम्प्युटर, फर्निचर र सिसिटिभी लगायतका उपकरण तोडफोड गरेका थिए, जसबाट करिब १३ लाख ७० हजार रुपैयाँको क्षति भएको छ। महत्वपूर्ण फाइल वा मिसिलमा भने क्षति पुगेको छैन ।
मुडभरीका अनुसार आन्दोलनकारीले सुरुमा सिसिटिभी तोडफोड गरेका कारण उनीहरूको पहिचान तत्काल सम्भव नभएको भए पनि वरिपरिका सिसिटिभी फुटेजको सहायताले पहिचान गर्न सकिने छ। “तोडफोड गर्नेको छानबिन र आवश्यक कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छौँ,” मुडभरीले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले पनि सरकारी वकिल कार्यालयमा आगजनी र तोडफोडको विषयमा जाहेरी दर्ता भएको पुष्टि गर्दै, भदौ २४ गते साँझ कार्यालय बन्द अवस्थामा आगजनी भएको प्रारम्भिक तथ्यले देखाएको बताए । उनका अनुसार वरिपरिको सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान अघि बढाइनेछ ।
कञ्चनपुरका अन्य कार्यालय र निजी घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी उजुरीमा पनि छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>