Samriddhipost
२०८३ असोज ०७ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०९ गते बुधबार

वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) लोकेन्द्रबहादुर चन्द र प्रहरी सहायक निरीक्षक (असई) रमेशराज भट्ट सर्वोत्कृष्ट घोषित भएका छन् । चन्द जिल्ला प्रहरी कार्यालय कैलालीमा र भट्ट प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् । बर्दियाको राजापुरमा दिनदहाडै गोली प्रहार गरेर युवकको हत्या गरेको घटनामा उत्कृष्ट काम गरेको भन्दै चन्द र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै भट्टलाई मंसिर महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको हो ।
उनीहरूलाई सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी ओमबहादुर रानाले सर्वोत्कृष्ट घोषणा गर्दै पुलिस अफ द मन्थको अवार्ड दिएका छन् । चन्दले राजापुर नगरपालिका– ४ राजापुर गाँउमा दाङको तुल्सिपुर उपमहानगरपालिका– ५ घर भएका २८ वर्षीय निरज चौधरीको गोली प्रहार गरि हत्या गरेको घटनामा मुख्य अभियुक्तलाई कैलालीबाट पक्राउ गरेका थिए ।
उनले गत २५ मंसिरमा कैलारी गाउँपालिका– ५ नयाँ बयसपुरस्थित लुकिछिपी बसेको अबस्थामा हत्यामा प्रयोग गरिएको पेस्तोल र गोली दुई राउण्डसहित मुख्य अभियुक्त ५० वर्षीय महाबिर चौधरीलाई पक्राउ गरेका थिए । नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी पूर्णरुपमा लगनशिल कर्तव्यनिष्ठ भई सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरीमा एवं श्रीवृद्धिको कार्यमा भूमिका खेलेको भन्दै दुवै जनालाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>