अमेरिकाले नेपाल, अफगानिस्तान, इरान, रुस र सोमालियालगायत ७५ देशका नागरिकका लागि आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) प्रक्रिया निलम्बन गर्ने घोषणा गरेको छ ।
ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बसोबास गर्दा सार्वजनिक सहायता (पब्लिक एसिस्टेन्स)मा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै बुधबार यस्तो निर्णय लिएको हो ।
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई गत नोभेम्बरमा जारी गरिएको बृहत् आदेशअनुसार प्रभावित देशका आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ ।
उक्त आदेशले अमेरिकामा सार्वजनिक बोझ बन्नसक्ने सम्भावित आप्रवासीहरूका लागि नियमहरू कडा बनाएको थियो ।
यो कदम प्रशासनले यसअघि नै करिब ४० देशहरूमा लगाएको अध्यागमन तथा यात्रा प्रतिबन्धकै निरन्तरता भएको जनाएको छ । यो निर्णय विदेशीहरूका लागि अमेरिकी प्रवेश मापदण्ड कडा पार्ने राष्ट्रपति ट्रम्पको जारी प्रयासको हिस्सा भएको बताइएको छ ।
मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोगलाई अन्त्य गर्दै छ । यी ७५ देशबाट हुने आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ, जबसम्म विदेश मन्त्रालयले कल्याणकारी तथा सार्वजनिक सुविधाहरू लिने विदेशी नागरिकको प्रवेश रोक्नका लागि अध्यागमन प्रक्रियाको पुनः मूल्यांकन गर्दैन ।”
आगामी जनवरी २१ देखि सुरु हुने यो निलम्बन ‘गैर–आप्रवासी’ भिसा अर्थात् अस्थायी पर्यटक वा व्यापारिक भिसा खोज्नेहरूका हकमा लागु हुने छैन । सन् २०२६ को विश्वकप र २०२८ को ओलम्पिकजस्ता ठूला खेलकुद प्रतियोगिताहरूको आयोजना अमेरिकाले गर्ने भएकाले आगामी महिना र वर्षहरूमा गैर–आप्रवासी भिसाको माग नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया