नेपाली कम्युनिस्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ। स्रोतका अनुसार कैलाली क्षेत्र नम्बर ३ र ४ बाट विरमान चौधरी र हरि चौधरी उत्सवको नाम टुङ्गो लगाएको छ। कैलालीको १ ,२ र ५ नम्बर क्षेत्रको विषयमा अहिले छलफल जारी छ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर, २ नम्बर क्षेत्रमा लालबहादुर खड्का र ३ नम्बर क्षेत्रका मानबहादुर सुनारको नाम टुङ्गो लागेको छ। अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन्।
डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार हुने भएका छन्। बझाङबाट मीनबहादुर कुँवर उम्मेदवार बन्ने भएका छन्। बैतडी परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाशबहादुर शाह उम्मेदवार बन्ने पक्का भएको बताइएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया