राष्ट्रिय गौरवको आयोजनामा भएको अवरोध खुलाउन मुआब्जा, क्षतिपुति समितिको बैठक मंगलवार बिहान बस्दै ।
महाकाली सिचाई आयोजना तेस्रो चरणको नहर निर्माण कार्य बर्ष २०६२ - ०६४ वाट कैलाली र कंचनपुर जिल्लाको ३३हजार ५सय २० हेक्टर जग्गामा सिचाई सुबिधा पुऱ्याई छ लाख ८३ हजार मानिसको जिवनस्तर उकास्ने लक्ष्य राखेर सुरु भएको आयोजनाले २९ किलोमिटर मुल नहर निर्माण सम्पन्न गरिसकेको छ ।
सिचाई आयोजनाको इन्टेक रहेको टनकपुर ड्याम वाट नेपालको सिमा सम्म भारत सरकारले र उक्त स्थान वाट भिमदत्त नगरपालीका, वेदकोट नगरपालीका, शुक्लफाँटा नगरपालीकाको वडा ८ फुलेली सम्म मुल नहर निर्माण सम्पन्न भएको छ भने कृष्णपुर नगरपालिका र कैलाली जिल्लाको गोदावरी नगरपालिका क्षेत्रमा काम निर्माणको प्रकृयामा रहेको छ ।
मुल नहर निर्माण सम्पन्न भएको क्षेत्रमा २२ वटा शाखा नहर मध्ये केही नहर निर्माण भई करिव ३ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुऱ्याउन सकिने अवस्थामा पुगेको छ ।
नहर निर्माणमा स्थानियको अवरोध
मुल नहर बाट पहिलो निस्किने शाखानहर निर्माण भईरहेको स्थान भिमदत्त नगरपालीका बड़ा १० का नहर क्षेत्रमा जग्गा परेका स्थानीय हरुले नहर क्षेत्रमा परेका घर गोठ, फलफूल बोटबिरुवाहरु, नहर बनाउदा बेकामे बन्ने जग्गाको ( नहर र सडकको बिचमा १_२ मिटर जग्गा परेर अपभोग अयोग्य भएको) मुआब्जा पाउनु पर्ने माग र नहर निर्माणका क्रममा नहर क्षेत्र वाहिर रहेको किसानको जग्गामा रहेको खेती वाली नोक्सानीको क्षतीपुर्ती पाउनुपर्ने माग राख्दै २ हप्तावाट नहरमा जग्गा परेका किसानले निर्माण कार्य अवरोध गरी बन्द गरेका छन् ।

नहरमा जग्गा परेका स्थानीय अगुवा मानसिंह रावतले भने आफूहरू निर्माणको बाधक नभएको तर निर्माण व्यवसायीले फिल्डमा आएर धाक धम्की सहित खन्न थालेको, नहर क्षेत्र बाहिर भएको क्षतिको क्षतिपूर्ति पाइने निश्चित नभएको, घरगोठ, फलफुल बोट बिरुवाको मुआब्जा रकम अहिलेसम्म नपाएको र नहर निर्माणबाट प्रयोगविहीन हुन सक्ने जग्गाको मुआब्जा बारे सुनिश्चितता नभएको कारण बाध्य भएर नहर निर्माण कार्य रोकेको बताए । स्थानीय अगुवा राउतले भने आयोजना कार्यालयले कुन तिथिमितिमा आफूहरूलाई क्षतिपूर्ति र मुआब्जा रकम उपलब्ध गराउन सक्ने हो सोकुराको लिखित ग्यारेन्टी गर्न सके अहिले पनि आफूहरू निर्माण कार्यको अवरोध हटाउन तयार रहेको बताए ।
के गर्दैछ आयोजना कार्यालय
यो निर्माण कार्य अवरोध भएपछि आयोजनामा नयाँ कार्यालय प्रमुख आएका छन् । आयोजना प्रमुख नयाँ आएसँगै विगतमा उपसमितिहरूले गरेको सिफारिस सहित मुआब्जा समितिको बैठक बसाउनका लागि समितिका सबैलाई पत्राचार गरिसकिएको बताएका छन्।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर यादव बरालका अनुसार मुआब्जा समितिको बैठक बसे लगत्तै कति दिनमा मुआब्जा वितरण गर्न सकिन्छ भन्ने एकिन भएपछि फिल्डमै गएर स्थानीयहरूलाई यति दिनमा दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्छौं यसका लागि कार्यालय लागि परेको उहाँले बताउनुभएको छ। मुआब्जा समितिबाट निर्णय हुन नसक्ने कुरा मन्त्रालय तिर पठाउनुपर्ने कुरा मन्त्रालय पठाउँछौं सिनियर डिभिजनल इन्जिनियर बरालले भन्नुभयो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सँग सम्पर्क गरेर राष्ट्रिय गौरवको आयोजनाको काम मुआब्जा लगायतका कारणले अवरोध भएको छ। खुलाउन के प्रयासहरु हुँदैछन् भनेर सोधेका थियौं उहाँले आफूहरू फिल्डमा अनुगमन गर्न पुगिसकेको आयोजना कार्यालयले बैठक तयारी गरे अनुसार बैठक बस्ने र गर्न सकिने निर्णयहरू गरेर अगाडि बढ्ने बताउनुभएको छ।
पानीको पर्खाइमा किसान
तेस्रो चरण कुन सिँचाइ आयोजनाबाट करिब ३ हजार हेक्टरमा सिँचाइ गर्नका लागि कुलो खेतहरूमा पुगिसकेको छ। यी किसानहरू यो कुलोमा कहिले पानी आउला र खेतहरूमा सहज सिँचाइ गरौँला भनेर पर्खेर बसेका छन्। 
बेतकोट नगरपालिका वडा ८ का सरोज बिष्टको खेतबाटै कुलो भनेको एक वर्ष बढी भइसक्यो। बिष्टको जग्गामा बाह्रै महिना ट्युबवेलबाट समेत पानी आउँदैन। चैत वैशाख जेठतिर टुवेलको पानी सुक्छ। उक्त समयमा खेतीबाली लगाएर खेतमा हरियाली ल्याउने उहाँको सपना छ। तर खेतमा निर्माण भएको कुलोमा पानी आउन सकेको छैन ।
नहरमा पानी ल्याउनका लागि आयोजना कार्यालयले भारतीय पक्ष र आफ्नो तालुक मन्त्रालयमा पत्राचार जानकारी र भेटघाटहरु गरिसकेका छन्।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया